कोइरालाको निधनमा राष्ट्रपति स्तब्ध
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधनको समाचारले आफूलाई स्तब्ध र दुःखी तुल्याएको बताएका छन् ।
कोइरालाको निधनमा दिनुभएको शोक विज्ञप्तिमा उनले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धाका रुपमा कोइरालाले जीवनपर्यन्त खेलेको भूमिका सदा स्मरणीय रहिरहने उल्लेख गरेका छन् । राष्ट्रपति भण्डारीले राजनीतिक समन्वय र सहकार्यमा जोड दिई संविधानसभाबाट संविधान जारी गर्न प्रधानमन्त्रीका हैसियतले कोइरालाले खेलेको महत्वपूर्ण भूमिकाको स्मरण समेत गरेका छन् ।
मुलुकले कोइराला जस्ता राजनीतिज्ञलाई गुमाउनुपर्दा अपूरणीय क्षति पुग्न गएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले उनले आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्र प्राप्ति, संरक्षण र संवद्र्धन कार्यमा समर्पित गरेको बताए । राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्दद्वारा आज जारी शोक विज्ञप्तिमा दिवङ्गत कोइरालाप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति समवेदना प्रकट गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण