हिउँमा पुरिएका एक सैनिक हप्तादिनपछि पनि जीवितै
भारत-हिउमा पुरिएका एकजना भारतीय सैनिकको हप्तादिनपछि पनि जीवितै पाइएको जनाइएको छ ।
हप्तादिन अघि हिउँ पहिरोमा परी पुरिएका ती सैनिकलाई उद्वारका क्रममा मङ्गलबार जीवितै भेटेपछि उपचारका लागि हेलिकोप्टरमार्फत नयाँ दिल्ली लगिएको बताइएको छ ।
श्रीनगरको हनमानथप्पामा रहेको सैनिक पोस्टमा नै हिउँ पहिरोले पुरेको थियो । त्यस क्रममा त्यस समयमै अरुका उद्वार भए पनि उनी पुरिएर रहेकाले तत्कालै उद्वार सम्भव भएको थिएन । त्यसमा परी उनका अरु नौ जनासाथीको भने ज्यान गएको थियो । मङ्गलबार बिहानै उनको उद्वार गरी जीवितै निकालिएको थियो ।
उद्वारकर्मीले उनको उद्वार जीवितै गर्नसक्ने आशा कमै मात्र भएको भन्दै उद्वारको काम सुरु गरेका र ती सैनिक जीवितै भेटिएको बताएका छन् ।
एकजना सैनिक कमाण्डार जर्नेल डि एस हुँदाले यस घटनालाई अविश्वासिलो तर चमत्कार भएको टिप्पणी गरेका छन् ।
त्यति कठाङ्य्ग्रिने जाडोमा र तापक्रम माइनस्मा रहेको अवस्थामा पनि हिउँमै पुरिएका व्यक्ति कसरी बाँच्न सफल भए होलान् भन्ने कुरा आश्चर्यजनक रहेको जर्नेल हुदाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण