आचार्यको मस्तिष्कभित्र “रगतको थेग्लो” जमेको भेटियो, शल्यक्रियाबारे केही दिनमा टुङ्गो लाग्ने : डा देवकोटा
काठमाडौँ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नरहरि आचार्यको रक्तचापका कारण मस्तिष्कघात भएको चिकित्सकले जनाएका छन् ।
उनका उपचारका संलग्न प्राडा उपेन्द्र देवकोटाले भने “रक्तचापका कारण रगतको नसा फुट्ने र रगत सञ्चालन नसा रोकावट हुने गर्दछ, नरहरिजीलाई रगत सञ्चालनको नसा फुटी रोकावट ९ब्लक० भई मस्तिष्कघात भएको देखिन्छ ।”
केन्द्रीय सदस्य आचार्य आज बिहान नेकाका पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिक शरीरमा श्रद्धाञ्जलि दिने क्रममा अचानक बेहोस भएका थिए । यसपछि उनलाई तत्काल उपचारका लागि बाँसवारीस्थित न्युरो अस्पतालमा पु¥याइएको थियो ।
मस्तिष्कघात हुँदा मस्तिष्कभित्र रहेको पानीको भागका “रगतको थेग्लो” जमेको देखियो, यसलाई शल्यक्रिया गर्ने की नगर्ने भन्ने कुराको यकिन चार दिनदेखि सात दिनभित्रमा मात्र जानकारी हुने प्राडा देवकोटाले सञ्चारकर्मीलाई जानकारी दिए ।
‘‘नरहरिजी अहिले बोल्नसक्नु हुन्न तर चेतनास्तर बिग्रेको छैन, शरीरको दाहिनेपट्टि खुट्टा कमजोर देखिएको छ’’ उनले भने । प्राडा देवकोटाले चार दिनदेखि सात दिनभित्र मस्तिष्कमा जमेको रगतको थेग्लो पग्लिन्छ की पग्लिदैन भन्ने हेरिसकेपछि शल्यक्रिया गर्ने की नगर्ने यकिन जानकारी हुने बताए ।
यस्तो किसिमका बिरामीका तत्काल शल्यक्रिया गर्दा बिरामीलाई बचाउने सम्भावना कम हुन्छ यसैले उहाँलाई तत्काल शल्यक्रिया नगरिएको हो, हामी उच्च निगरानीमा रहेको छाँै उनले भने ।
केन्द्रीय सदस्य आचार्यको सोही अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अस्पताल उनलाई तत्काल सिटिस्क्यानलगायत अन्य परीक्षण गरिएको थियो ।
रक्तचापका कारण मुटु, मस्तिष्क, मिर्गौला र आँखाका असर पु¥याउँछ । प्राडा देवकोटाले भन्नुभयो “हामी सबै किसिमले स्रोत र साधनले सम्पन्न छौँ, उहाँको सफल उचार हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण