शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राप्रपा र राप्रपा नेपाल समानान्तरबीच दोस्रो चरणको वार्ता सम्पन्न

मङ्गलबार, २६ माघ २०७२, १५ : ५४
मङ्गलबार, २६ माघ २०७२
काठमाडौं–राप्रपा र राप्रपा नेपाल समानान्तर बीच दोस्रो चरणको एकता वार्ता सम्पन्न भएको छ । राप्रपा नेपाल समानान्तरको थापागाउँस्थित केन्द्रीय कार्यालयमा मंगलबार सम्पन्न वार्ताको क्रममा दुई पार्टीका वार्ता टोली बीच सैद्धान्तिक एवं सांगठानिक संरचनाका विषयमा छलफल गरिएको थियो । वार्ताका क्रममा दुई टोलीबीच आ–आफ्नो दलको वैधानिक व्यवस्था, सैद्धान्तिक धरातल एवं सांगठानिक बस्तुस्थितिबारे जानकारी आदान प्रदान गरिएको थियो । जस अनुरुप केन्द्रदेखि गाउँ तहसम्मका कार्य समिति एवं संयोजित संगठनहरुका बारेमा समेत छलफल गरिएको बैठकमा सहभागि एक नेताले बताए । यस्तै राष्ट्रिय आवश्यकता र तमाम कार्यकर्ता एव शुभेच्छुकहरुको भावना बमोजिम एकता वार्तालाई सफलताको बिन्दुसम्म लैजानु पर्ने पक्षमा दुबै टोलीले जोड दिएका थिए । राप्रपा वार्ता टोलीका संयोजक निलकण्ठ उप्रेती सहित विष्णु बिक्रम थापा, राजेन्द्र श्रेष्ठ, सानुकाजी हेक्का वार्तामा उपस्थित थिए । राप्रपा नेपाल समानान्तरको तर्फबाट वार्ता टोली संयोजक श्याम तिमल्सिना, सगुन सुन्दर लावती, किशोर गुरुङ, नवराज दाहाल, उरमिला रावल, शोभा तिम्सीना एवं कर्णप्रखर धिताल सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप