जमर्नीमा दुई यात्रुवाहक ट्रेन जुध्यो, ४ को निधन, १ सय घाइते
मङ्गलबार, २६ माघ २०७२, १६ : ११
म्युनिख – जमर्नीको बाभारिया राज्यमा दुई यात्रुवाहक ट्रेन एकआपसमा जुध्दा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । म्युनिख सहरबाट दक्षिण–पूर्वमा रहेको बाड एब्लिङमा भएको उक्त दुर्घटना भएको जर्मन प्रहरीले जनाएको बिबिसीले उल्लेख गरेको छ । ट्रेनका चालकले दिएको बयान अनुसार ट्रेन लिगबाट हटेपछि सो दुर्घटना भएको थियो । एकआपसमा ठोक्किएपछि ट्रेनका डिब्बाहरु पल्टिएका थिए । ट्रेनको डब्बाहरुमा फँसिरहेकाहरुको उद्दार गर्न टोली परिचालन गरिएको छ । स्थानीय प्रहरी अधिकारले ट्वीट गर्दै घटनामा ४ जनाको मृत्यु भएको र कम्तिमा १ सय जना घाइते भएको जानकारी दिएको छ । जसमध्ये १५ को अवस्था चिन्ताजनक र ४० को स्थिति गम्भिर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण