ल्होछार महोत्सव सकियो
बौद्ध –तीनदिने ल्होछार ज्ञान महोत्सव २०७२ को समापन तथा पुरस्कार बितरण कार्यक्रमको उपलक्ष्यमा प्रमुख अतिथी प्राज्ञ बैरागी काईलाले हरेक जातजातिले आफ्नो भाषा, संस्कार र संस्कृतिको उत्थानको लागि सम्पुर्ण समुदायले यस्ता महोत्सव गर्नुपर्ने बताए । तामाङ जातिले केहि वर्षमा नैै अरु जाति माथि बौदिक हैकम जमाउनेमा पनि उनले जोड दिए ।
प्राज्ञ काईलाले कार्यक्रममा तामाङ भाषा साहित्यामा समर्पित प्रताव बल र प्रजातन्त्र सेनानीमा योगदान दिएका श्याम कुमार तामाङलाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ । उनले बिज्ञ अमृत योञ्जनको तमाङ नामकोश पुस्तक र सैलुङअनलाइनको समेत विमोचन गरेका थिए । महोत्सवको उपलक्ष्यमा भएको चित्रकला प्रतियोगितामा पासाङ तामाङ प्रथम भएका छन् भने द्धितिय रोजन राई र तृतिय फुर्वा मोक्तान भएका छन् । त्यस्तै गरी कार्यक्रममा निबन्ध प्रतियोगिताका प्रथम दोर्जे मोक्तान, द्धितिय शान्ति श्रेष्ठ र तृतियमा अनिसा तामाङ भएका छन् । प्रतियोगितामा प्रथम भएकालाई ३ हजार, दृतिय हुनु भएकालाई २ हजार र तृतिय हुनु भएकालाई नगद एक हजार सहित सम्मान गरेका थिए । महोत्सवमा भुकम्प फोटो प्रदर्शनी, तामाङ पुस्तक विक्री तथा प्रदर्शनी, तामाङ भेषभुषा प्रदर्शनी, तामाङ संस्कृतिक प्रदर्शनी, चित्रकला प्रतियोगिता, तामाङ खाना स्टल र निशुल्क स्वास्थ्य परिक्षण लगायतका कार्यक्रमहरुको डा. गणेश योञ्जन (जापानका लागि नेपालका पूर्व राजदुत) ले समापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण