४ किलोटिर लामो रातो कार्पेट बिच्छाएपछि इजिप्टका राष्ट्रपतिको सर्वत्र आलोचना
कायरो – इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीको भ्रमणका क्रममा ४ किलोमिटर लामो बाटोमा रातो कार्पेट बिछ्याइएपछि अहिले सर्वत्र निन्दा भएको छ । कायरो नजिकको क्षेत्रमा एक भवनको उद्घाटन गर्ने क्रममा राष्ट्रपतिको सवारीका क्रममा थुप्रै जनताले दुख पाए । सामाजिक सञ्जालमा अहिले यसको ठूलै आलोचना भएको छ । अरबिक भाषामा ह्यासट्याग प्रयोग गर्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले घटनाको विरोध गरेका छन् । अल मक्वाल नामक पत्रिकाले हेडलाईनमा लेखेको छ –‘कसरी राष्ट्रपतिले हामीलाई खर्च काम गर्न आग्रह गर्नसक्छन् । जबकी उनी आफैँ ४ किलोमिटरसम्मको सडकमा रातो कार्पेट आएको सडकमा रातो कार्पेट ओछ्याएर हिँड्छन् ?’ यस पत्रिकाका सम्पादक इब्राहिम इशा इजिप्टका चर्चित टेलिभिजन प्रस्तोता समेत हुन् । घटनाले सामाजिक सञ्जालमा चर्चा पाएपछि अहिले इजिप्टका सरकारी अधिकारीहरु बयान दिदाँ दिदाँ हैरान भएका छन् । सैनिकले राष्ट्रपतिको सम्मानमा यस्तो कार्यक्रम आयोजना गरेको थियो । बिग्रेडियर जनरल इहाब इल अवागीले आइतबार टेलिभिजनहरुसँग अन्तरवार्ता दिदैँ अल सिसीको प्रशासनले यस्तो नगरेको बताएका छन् । उनले यस्तो परम्परा तीन वर्षभन्दा अघिदेखी नै कायम रहेको बताए । अहिले पनि इजिप्टको कूल जनसंख्यामध्ये २५ प्रतिशत जनसंख्या गरिबीको रेखामूनी छ । सन् २०१३ मा इजिप्टको राष्ट्रपति चुनिदाँ सीसीले अस्थिरता हटाएर आर्थिक रुपमा देशलाई समृद्ध बनाउने आश्वासन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण