आकाशमै नृत्य गर्ने सुन्दरी (भडियो)
हावामा उड्दा उड्दै तपाई कति जम्प लगाउन सक्नुहुन्छ । तर स्काई डाइभर अनास्तासिया बारानिकले अहिलेसम्म ५ सय जम्प लगाइसकेकी छिन् । उनले स्की डाईभिङ सुरु गरेको जम्मा २ वर्ष मात्रै भयो । १९ वर्षीया रुसी स्काई डाइभर अनास्ताशिया यसबीच आफ्ना प्रशिक्षक तथा रुसका राष्ट्रिय च्याम्पियन भिलेगजानिन निकोलायको निधनबाट स्तब्ध बनेकी थिइन् । उनी हावामा उड्दा उड्दै एक्रोबेटिक डान्स गर्छिन् ।
उनी भन्छिन्–‘निकोलायले मलाई धेरै सिकाउनुभयो । अहिले उहाँ हुनुहुन्न भन्ने विश्वास गर्न गाह्रो छ । सायद मैले लगाएको जम्प उहाँले स्वर्गबाटै हेर्नुहुन्छ ।’ उनको उद्धेश्य रुसकै शीर्ष फ्रिस्टायल स्काई डाइभर बन्ने छ । उनले सन् २०१५ मा नेदरल्याण्डस्मा भएको फ्रिस्टायल स्काई डाइभिङमा रसियाका लागि उत्कृष्ट खेलेकी थिइन् । उनले एक्रोबेटिक डान्स गर्नका लागि तयारी पनि उत्तिकै गर्नुपरेको छ । भन्छिन्–‘मैले यसका लागि विशेष तयारी गरिरहेको छु ।’ उनी जिम्न्यास्टिकमा समेत उत्तिकै पोख्त छिन् ।
आफ्नो जिम्न्यास्टिकको अनुभवलाई पनि उनले स्काई डाइभिङमा प्रयोग गर्छिन् । जुलाई सन् २०१५ मा उनले मस्कोमा एक खुला प्रतियोगितामा दोस्रो स्थान हासिल गरेकी थिइन् । नेदरल्याण्डस्मा भएको विश्वकपमा उनी चौथो भइन् । सिकागोमा यसै वर्षको अन्त्यमा हुने विश्व च्याम्पियनसिपमा पहिलो स्थान हासिल गर्ने उनको लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण