शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कास्कीको वेगनासतालमा विदेशी महिलाको शव भेटियो

मङ्गलबार, २६ माघ २०७२, १७ : १५
मङ्गलबार, २६ माघ २०७२

पोखरा –कास्कीको लेखनाथ नगरपालिका १२ वेगनास ताल छेउमा मंगलवार अन्दाजी २८ वर्षीय विदेशी महिला पर्यटको शव भेटिएको छ । दिउसो करिव १ वजेतिर ताल छेउको पानीमा शव तैरिएको अवस्थामा शब भेटिएको हो । पानीमा शव तैरिएको देखेपछि स्थानीयवासीले प्रहरीलाई खवर गरेका थिए । उनको शनाखत हुन बाँकी छ । शवलाई पानीवाट निकालेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा लगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी गज्जुसिद्धी वज्राचार्यले जानकारी दिएका छन् । उनको शव करिव २ तीन दिन अघिको हुन सक्ने प्रारम्भिक अनुमान रहेको उनले जानकारी दिएका छन् । अघिको महिलाको शरीरमा कुनै पनि चोटपटक वा घाउ नभएको प्रहरीले जनाएको छ । उनी तालमा कसरी खसिन् वा कसले खसाल्यो भन्ने वारेमा केही नखुलेको प्रहरीको भनाई छ । घटनाको वारेमा थप अनुसन्धान हुँदै गरेको प्रवक्ता वज्राचार्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप