बुम रेमिट्यान्स क्रिकेट उपाधी न्यू होराईजनलाई
भैरहवा– भैरहवाको लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ७ विकेटले हराउदै बुटवलको न्यू होराईजन क्रिकेट क्लबले उपाधि कब्जा गरेको छ । भैरहवामा भएको फाईनल खेलमा होराईजनले खुकुरी क्रिकेट क्लबलाई सहजै हराएको हो । टस जितेर ब्याटिङ्ग रोजेको लुम्बिनी खुकुरी क्रिकेट क्लबको प्रदर्शन शुरुमा राम्रो रहे पनि पछि भने उसका ब्याट्स म्यान लगातार पवेलियन फर्किन थाले पछि खुकुरीले निर्धारित ४० ओभर पनि खेल्न सकेन । लुम्बिनी खुकुरी क्रिकेट क्लबले ३३ दशमलव ४ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा ८९ रन मात्र बनाउन सक्यो । खुकुरीका तर्फबाट टिम क्याप्टन अन्तिम थापाले सर्वाधिक ३९ रन बनाए भने सविन शाक्यले २४ र बिजय सुनार १४ रन बाहेक अन्य कुनै पनि ब्याट्स म्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । खुकुरी क्रिकृट क्लबलाई सस्तोमा समेट्ने क्रममा होराईजनका बलर राहुल प्रजापतिले ७ ओभरमा १ मेडेन राख्दै १३ रन खर्चेर ४ विकेट लिएका थिए । यसै गरि होराईजनका अर्का बलर गणेश गौडेलले ८ ओभरमा १ मेडेन ओभर सहित २० रन दिएर ३ बिकेट लिए पछि खुकुरीलाई जित्ने सहज वातावरण बनेको थियो । अन्तराष्ट्रिय क्रिकेट खेलाडीले सुसज्जीत होराईजनले पाएको ९० रनको झिनो लक्ष्य सहजै पार गरेको थियो । २१ दशमलव ४ बलमा होराईजनले लक्ष्य प्राप्त गरेको थियो । होराईजनका लागी बिस्फोटक ब्याटिङ्ग गर्दै प्रकाश केसीले २३ बलमा नटआउट ३१ रन जोडेका थिए । यसै गरि होराईजनकै सुसन भारीले ५० बलमा नटआउट २७ रन ल्याएका थिए । यसै गरि सोही टिमका सागर पुनले १३ रन जोडेका थिए । लुम्बिनी खुकुरी क्रिकेट क्लबबाट दिपेन्द्र यादव, बिजय सुनार र एकलाख अहमदले समान १–१ विकेट लिएका थिए । खुकुरीले कमजोर फिल्डिङ्ग देखाउदै प्रकाश केसीको क्याच छोडेपछि म्याच उसको हाथबाट फुस्केको दर्शकहरुको बिष्लेषण रहेको थियो । मंगलबार सम्पन्न भएको फाईनल खेलमा म्यान अफ द फाईनल भने ४ विकेट लिएका राहुल प्रजापति घोषित भए । यसै गरि प्रतियोतिा भरि उत्कृष्ट प्रदर्शन गरे बापत बेस्ट बलर र मैन अफ द सिरिज लुम्बिनी खुकुरी क्रिकेट क्लबका लाल बहादुर अधिकारी घोषित भए । उनले खेल अवधिमा जम्मा १४ विकेट लिदै सो उपाधि जितेका हुन । यसै गरि प्रतियोगिता भरि सबै भन्दा रन हानेको देवदह क्रिकेट क्लबका अर्जुन रायमाझी बेस्ट ब्याट्स म्यान घोषित भए । बिजेता न्यू होराईजन क्रिकेट क्लबले उपाधि संगै ३१ हजार नगद पुरस्कार हाथ पारेको छ भने दोश्रो भएको लुम्बिनी खुकुरी क्रिकेट क्लबले १५ हजार पुरस्कार जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण