भूकम्पपीडित चेपाङलाई उपराष्ट्रपति छोराले राहत बाँडे
काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा एवम् एमाओवादी विद्यार्थी नेता दिपेश पुनले भूकम्पबाट प्रभावित चेपाङ समुदायलाई राहात सामाग्री हस्तान्तरण गरेका छन् । सोमबार त्रीशुली नदिमाथि टुइनबाट राहत सामाग्री लिएर गएर भूम्लीकोट–८, हिक्लुङघाट, गोरखाका ९२ घर चेपाङहरुलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।
उनले ९२ घर चेपाङलाई एक एक बोरा चामाल, स्कूले बालबालिकालाई कापी, कलम र झोला वितरण गरेका हुन् । चेपाङ बस्तीमा रहेको छात्रावासका विद्यार्थीहरुलाई समेत कम्बल, कापी कलम र झोला वितरण गरिएको पुनले जानकारी दिए । नेदरल्याण्डमा रहेका ध्रुव सापकोटा, बेल्जीयममा रहेका अर्जुन तिवारी, कोरियमा रहेका सञ्जु थापा, काठमाडौंका जेवि राई र जीवन गुरुङको आर्थिक सहयोगमा पुनले राहात सामाग्री लिएर चेपाङ बस्त पुगेका हुन् ।
६ महिनामात्र खान पुग्ने र बाँकी समय वन तरुल, कन्दमुल र गिट्ठा भ्याकुर खाएर दिन विताउने चेपाङहरु राहत सामाग्री पाएपछि खुसी भएका थिए । राहत सामाग्री लिएर पुनका साथमा आर्थिक सहयोग गर्ने जीवन गुरुङ पनि चेपाङ बस्ती पुगेका थिए । यसअघि पुनले भूकम्प प्रभावित गोरखाको लाप्राकबासी र अछाममा रहेका राउटेहरुलाई राहत सामाग्री बाँडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण