कोइरालाको निधनमा भारतीय राष्ट्रपतिद्वारा शोक व्यक्त
काठमाडौं-भारतका राष्ट्रपति प्रणव मुखर्जीले पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको दुःखद् निधनबाट आफू मर्माहत भएको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शोक सन्देश पठाएर राष्ट्रपति मुखर्जीले राजनीतिक सङ्क्रमण र संविधान जारी गर्ने समयमा नेता कोइरालाले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको सराहना गरेका छन् ।
नेता कोइरालाको सादा जीवनबाट हामीले पाठ सिक्नुपर्ने बताउँदै सन्देशमा भारतीय राष्ट्रपतिले बहुआयामिक भारत–नेपाल सम्बन्धलाई सुमधुर तुल्याउन उनले अथक प्रयास गर्नुभएको उल्लेख गरेका छन् ।
नेता कोइरालाको प्रधानमन्त्रीत्वकालमा जलविद्युत् तथा भौतिक सम्पर्क स्थापनामा उल्लिखित प्रगति भएको स्मरण पनि भारतीय राष्ट्रपतिले सन्देशमा स्मरण गरेका छन् ।
“नेता कोइरालाको निधनप्रति भारतका जनता दुःख र वेदना प्रकट गर्छन्” भन्दै उनले राष्ट्रपति भण्डारीलाई कोइराला परिवारमा गहिरो सहानुभूति प्रकट गर्न अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण