भारतीय विदेशमन्त्री स्वराजद्वारा कोइरालाप्रति श्रद्धाञ्जली अर्पण
मङ्गलबार, २६ माघ २०७२, १८ : ४९
काठमाडौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंको दशरथ रंगशाला पुगेरले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेकी छन् । उनी मंगलबार साँझ काठमाडौं आएर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् । सुष्मा स्वराजसँगै भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी, जनता दल युनाइटेडका शरद यादव, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले पनि श्रद्धान्जली अर्पण गरे । ५ बजे काठमाडौं आइपुगेकी स्वराज नेपालमा ३ घण्टा बिताउने छिन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ । उनी साँझ ८ बजे भारत फर्किनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण