कोइरालाको अप्रत्याशित निधन : नेता नेपाल
काठमाडौँ पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का नेता माधवकुमार नेपालले कोइराला लामो समय बिरामी हुँदा मुकाबिला गरेर रोग निको पारेको तर, अहिले अप्रत्याशित रुपमा उनको निधन भएको बताएका छन् । एमाले गोकर्णेश्वर नगरपालिका वडा नं १२ को प्रथम अधिवेशनको आज गोकर्णमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । संविधानसभाबाट संविधान जारी गर्न नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको महत्वपूर्ण भूमिका रहेको पनि उनले बताए ।
“उनलाई संविधान जारी नगर्न धेरै दबाब परेको थियो, कोइरालाले चाहेको भए संविधान रोकिन्थ्यो, यसैले समयमै संविधान जारी गर्न कोइरालाले ठूलो योगदान दिएका छन्”– नेता नेपालले भने ।
सांसद रामेश्वर फुँयालले वागमतीको दायाँबायाँ सोलार बत्ती राख्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र सांसद विकास कोषको बजेटबाट काम थालनी भएको जानकारी दिए । पहिलो चरणमा नारायणटारपुलदेखि माथिको वागमतीमा सोलार बत्ती राख्ने गृहकार्य गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा एमाले काठमाडौँका कावा अध्यक्ष कृष्ण राईलगायत वक्ताले वागमती सफाइको काममा मुहानदेखि नै अभियान जारी राखिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण