रन्जन भन्छन्, निताको हाइट ५/५ मात्र (फोटोसहित)
मङ्गलबार, २६ माघ २०७२, १९ : ४४
काठमाडौं-पछिल्लाे समय खुब चलेकि नायिका निता ढुङ्गानाको 'हाइट' कति होला धेरैका लागि चासोको बिषय हुन सक्छ । म्युजिक भिडियो देखि चलचित्रसम्म मज्जैले जमेकि यी नायिकाको हाइट ५/५ रहेको रहस्य नायक रन्जन रिजालले खोलेका छन् ।
नायक रिजालले कुनै पत्रकारसँगको अन्तर्वार्ताको क्रममा नभई आफ्नो आफुले अभिनय गरेको गीत मार्फत यो कुरा खुलाउँदै छन्, सार्वजनिकरुपमै ।
ललितपुरको नाखिपोटस्थित सिलौटी रिसोर्टमा नायिका निता ढुङ्गाना दर्जनौंको बिचमा देखिइन् । थुप्रै म्युजिक भिडियोमा देखिइसकेका रन्जन रिजाल नितालाई फकाउन खोज्दै गर्दा निर्देशक देवेन्द्र राज पाण्डे भने उनीहरुलाई निर्देशन दिनमा व्यस्त थिए । छायाँकार रबीन्द्र वराल दृश्यलाई क्यामरामा कैद गर्नमा व्यस्त देखिन्थे । पृष्ठभूमिमा बज्दै थियो, 'पाँच बाई पाँच म त ठिक्क की' बोलको गीत ।
गायिका डेनी रेग्मीको स्वरमा रहेको यो डान्सिङ नम्बरको म्युजिक भिडियो अहिले सम्पादनको चरणमा छ । दीपक शर्माको संगीत रहेकोगीतको म्युजिक भिडियोको सम्पादन निशान घिमिरेले गर्दैछन् । गीतमा शब्द किरण बरालको रहेको छ । गायिका डेनी रेग्मीको 'मैले चोलीको तुनामा राखेको मायाँ' बोलको गीत यसअघि नै चर्चित भइसकेको छ । उनले छिट्टै बजारमा 'आशिष' एल्बम ल्याउन लागेको जानकारी दिइन् ।
भिजन नेपाल फिल्मसले उत्पादन गरेको यस गीत र एल्बमलाई रास क्रियशनले बजारमा ल्याउने निर्माता आशिष घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण