अष्ट्रेलियामा कुशललाई रजत
मङ्गलबार, २६ माघ २०७२, १९ : ४६
अस्ट्रलियाको मेलवर्नमा जारी सुकोकाइ खुला कराँते प्रतियोगितामा नेपालका कुशल श्रेष्ठले दोस्रो स्थान हासिल गरेका छन् । फाइनलमा आयोजक टोलीका खेलाडीसँग पराजित भएका कुशलले प्रतियोगिताको खुला तौलसमूहमा जीत हासिल गर्नुअघि क्वाटरफाइनलमा ५–२ र सेमिफाइनलमा ९–२ को शान्दार जीत हासिल गरेका थिए । तर फाइनलमा उनी २–१ ले पराजित भए । मलेर्वनको बेनिट रोडस्थित नेटबल सेन्टर स्टेडियममा अस्टे«लियन सुकोकाई करातेँ डोको आयोजनामा सम्पन्न प्रतियोगितामा एशिया तथा ओसनिया राष्ट्रका झन्डै ३ सय खेलाडी सहभागि छन् । प्रतियोगिामा भाग लिनुअघि कुशलले सुकोकाई कराँते डो मेलवर्बनमा प्रशिक्षण समेत लिए ।
कुशल श्रेष्ठ दशौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताका स्वर्ण विजेता खेलाडी हुन् । श्रीलंकाको कोलम्बोमा सन् २००६ मा सम्पन्न दक्षिण एशियाली खेलकुदमा उनले नेपाललाई स्वर्ण दिलाएका थिए ।
उनले त्यसअघि पाकिस्तानको इस्लामावादमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएका थिए भने ढाकामा चार वर्षअघि सम्पन्न एघारौँ दक्षिण एशियाली खेलकुदमा काता र कुमुतेतर्फ कास्य जितेका थिए । काता र कुमुते दुबै विधामा दक्षिण एशियाली खेलकुदमा पदक जित्ने उनी एक्लो नेपाली हुन् । दक्षिण एशियाली खेलकुद प्रतियोगितामा यसपटक कराँते खेल समावेश नभएपछि कुशल अस्टे«लियामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पुगेका हुन् । उनले त्यसअघि कराँते खेलको बन्द प्रशिक्षणमा नेपाली राष्ट्रिय टोलीलाई समेत अभ्यास गराएका थिए । कुशल भन्छन्–‘नेपाली खेलाडीलाई प्रशिक्षण गराउँन पाउँदा बेग्लै आनन्द आएको थियो किनकी नेपाललाई पदक दिलाउन सक्ने संभावना बोकेका थुप्रै खेलाडी सागको तयारी थिए । तर १२ औँ सागमा अन्तिम समयमा आएर कराँते समावेश नहुने निर्णय भएपछि थुप्रै खेलाडी बिचल्लीमा परे ।’
अन्तर्राष्ट्रिय प्रतियोगितामा उपलब्धि
– पाँचौ राष्ट्रिय कराँते च्याम्पियनसिप तथा नवौ साफको छनोट २००४– स्वर्ण पदक
– नवौँ दक्षिण एशियाली खेलकुद – रजत पदक
– छैटौ राष्ट्रिय कराँते च्याम्पियनसिप, २००६– स्वर्ण पदक
– दशौँ दक्षिण एशियाली खेलकुद – स्वर्ण पदक
– एघारौं सागको कराँते छनोट २००९– स्वर्ण पदक
– ते्रो एनएसकेए अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप २०१०– स्वर्ण
– एघारौं साग २०१०– काता र कुमुतेतर्फ कास्य
– एएमए अन्तर्राष्ट्रिय कराँते खुला च्याम्पियनसिप (यूके) २०१२–रजत
फोटो : निशेष शाक्य
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण