किड्नीमा समस्या देखिएपनि मेसी मैदान ओर्लने
मङ्गलबार, २६ माघ २०७२, १९ : ५३
किड्नीमा समस्या देखिएपछि सोमबार अभ्यासमा अनुपस्थित भएका लियोनल मेसी बुधबार कोपा डेल रेई फुटबल अन्तर्गत भ्यालेन्सिया विरुद्ध हुने खेलमा मैदान उत्रने भएका छन् । उनको क्लब बार्सीलोनाले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ –‘ सोमबार र मंगलबार मेसीले किड्नी सम्बन्धि थुप्रै परिक्षण गरे । गत डिसेम्बरयता उनलाई यो समस्या देखिएको छ । मेसी बुधबारबाट आफ्नो नियमित काममा फर्कनेछन् ।’ यसअघि मेसीले गत डिसेम्बरमा किड्नी सम्बन्धी समस्याकै कारण फिफा क्लब विश्वकपको सेमिफाइनल गुमाएका थिए । तर समस्याका बाबजुद उनले तीन दिनपछि क्लब विश्वकपको फाइनल खेले । उनले बार्सीलोनाबाट पनि त्यसपछि लिग खेलहरु खेल्दै आएका छन् । बुधबार हुने दोस्रो लेगको सेमिफाइनलअघि बार्सीलोनाले भ्यालेन्सिया विरुद्ध ७–० को अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण