अनुष्कासँग ब्रेकअप भएको भन्दै विराटले भने–‘म सिंगल छु’
मङ्गलबार, २६ माघ २०७२, २० : ००
नयाँदिल्ली-विराट कोहली र अनुष्का शर्माको ब्रेकअपको हल्लाले पछिल्लो समय बलिउडमा ठूलै चर्चा पाएको छ । यसैबीच एक सञ्चारमाध्यमले विराटले आफू सिंगल रहेको जनाउँदै ब्रेकअपको खबरको पुष्टि गरेको उल्लेख गरेको छ । उक्त सञ्चारमाध्यमका अनुसार एक पार्टीका दौरान विराटले आफू सिंगल रहेको भन्दै समर्थकहरुलाई नाच्न आउन आग्रह गरे ।
के भने विराटले
मुम्बई मिररको अंग्रेजी संस्करणका अनुसार अभिनेता अंगद बेदीको बर्थडे पार्टीमा विराट थिए ।
उक्त पार्टी मुम्बईको फाइभ स्टार होटलमा आयोजना गरिएको थियो ।
विराटले डान्स फ्लोरमा आएपछि मसँग डान्स गर । म अहिले सिंगल छु भन्दै चिच्याए ।
पार्टीमा उपस्थित एक व्यक्तिका अनुसार विराटले अनुष्कासँग प्रेममा रहदाँ उनले नियन्त्रण गर्ने गरेको र आफूले सधैँ एक्लो महसूस गरेको बताए ।
किन भयो अनुष्कासँग ब्रेकअप
रिर्पोटका अनुसार विराटले अनुष्कासँग समय बिताउनका लागि श्रीलंका र भारतबीचको टी–२० म्याच नखेल्ने निर्णय लिएका थिए । तर अनुस्काले चलचित्र सुल्तानको सुटिङ रहेको भन्दै विराटलाई समय दिइनन् । त्यसपछि उनीहरुबीच पछिल्लो तीन हप्तादेखी कुराकानी भएको छैन् ।
उक्त रिर्पोटमा उल्लेख भएअनुसार विराट अनुष्कासँग यसै वर्ष बिहे गर्न चाहन्थे । तर अनुष्काले करियरका लागि सोच्ने भन्दै सन् २०१७ सम्म बिहे नगर्ने बताइन् । त्यसपछि विराटले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट अनुस्कालाई अनफलो गरे । अनुस्काले पनि उनलाई अनफलो गरिन् । विराटको फ्यान पेजलाई नियमित फलो गर्ने उनका एक समर्थकले सबैभन्दा पहिलो यस्तो पत्तो पाए । त्यसपछि विराटलाई उनका समर्थकहरुको एकपछि अर्को ट्वीट आउन थाल्यो । तर विराट र अनुस्का दुबैले यस सम्बन्धि कुनै प्रतिक्रिया दिएका छैनन् । ट्वीटरमा भने अनुस्काले विराटलाई अझै फलो गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण