अमेरिकामा सबैभन्दा धेरै कमाउने सिईओ बने पिचाई, अल्फाबेटले दियो १ सय ९९ मिलियन डलर
अमेरिका-गूगलका सिईओ सुन्दर पिचाई अमेरिकामा सबैभन्दा धेरै कमाउने सिआईओ बनेका छन् । अल्फाबेट इन्कले उनलाई १ सय ९९ मिलियन डलर शेयर दिएको छ । पिचाईलई सी क्लासको २७३,३२८ शेयर प्राप्त भएको छ ।
पिचाई यदी गूगलमै बसे भने उनलाई सन् २०१९ सम्म वर्षको चारपटक यति नै शेयर मिल्नेछ । कम्पनीको ३ फेब्रुअरीमा निस्किएको विज्ञप्तीमा यो उल्लेख छ । अहिलेसम्म पिचाईले गूगलबाट वार्षिक ३ सय १० करोड भारु लिदैँ आएका छन् ।
पिचाई गूगलका संस्थापक लैरी पेजको सहायक बनिसकेका छन् । उनलाई गएको वर्ष गूगलको सिईओ बनाइएको थियो । ब्लूमवर्गकाअनुसार गूगलले अहिलेसम्म आफ्ना कुनै पनि कार्यकारीलाई यति धेरै शेयर दिएको छैन् । सिईओ बनेपछि पिचाईले गूगलबाट पाउन लागेको यो पहिलो पुरस्कार हो । पिचाई बाहेक गूगलको अर्को कम्पनी अल्फाबेट इन्कले डायनी ग्रीनलाई ४२ दशलमव ८ मिलियन डलरको स्टक अफर गरेको छ । डायनी गूगलका लागि सफ्टवेयर बनाउने कम्पनीका सिईओ हुन् । अल्फाबेट इन्कले अहिलेसम्म औपचारिक रुपमा यसबारे केही बोलेको छैन् । हरेक वर्ष गूगलले आफ्ना कार्यकारीलाई अवार्ड दिदैँ आएको छ ।
को हुन् सुन्दर पिचाई सुन्दर पिचाई भारतको चेन्नईमा सन् १९७२ मा जन्मिएका थिए । उनको खास नाम पिचाई सुन्दराजन हो । उनले आईआईटी खडगपुरबाट स्नातक गरेका हुन् । उनले आफ्नो ब्याचमा दोस्रो स्थान हासिल गरेका थिए । उनी स्नातक गरेपछि पढ्नका लागि अमेरिका छिरेका थिए । पछिल्लो ११ वर्षदेखी उनी गूगलमा आबद्ध छन् । सुरुआतमा गूगलमा छिर्दा उनी प्रडक्ट तथा इनोवेशन अफिसर थिए । चेन्नईबाट पिचाई अमेरिका जाँदा उनका बाबुले प्लेनको टिकट किन्नका लागि ऋण लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण