भारत्तोलनमा नेपालको सम्झन लायक प्रदर्शन
काठमाडौं । दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपालले भारत्तोलनमा एकपछि अर्को पदक जितेको छ । नेपाली टोलीले भारत्तोलनमा ४ पदक जित्दै सन् २०१० मा पदकविहिन हुनुपर्दाको पिडा बिर्सियो । भारतको गुहावटीमा जारी १२ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भारत्तोलनतर्फ तारादेवी पुनले नेपाललाई कास्य दिलाइन् ।
उनले ७५ किलो माथिको तौल समूहमा १ सय ६५ किलो भार बहन गरिन् । उनले स्न्याचमा ७० तथा क्लीन एन्ड जर्कमा ९५ किलो भार वहन गरिन् । यससँगै नेपालले भारत्तोलनमा जितेको पदक संख्या ४ पुग्यो ।
यसअघि पूरुषतर्फ नेपाललाई विकास थापाले रजत पदक जिताएका थिए भने महिलातर्फ जुनुमाया छन्त्याल र देवी चौधरीले पनि कास्य जितेका थिए । भारत्तोलनमा नेपाली टोलीलाई सञ्जय महर्जन, जगदिश प्रधान र सुनिल जोशीले लामो समयदेखी प्रशिक्षण गराएका थिए ।
नेपालगन्जमा भएको बन्द प्रशिक्षण प्रभावकारी भएका कारण पनि खेलाडीहरुले प्रतियोगितामा राम्रो नतिजा ल्याएको भारत्तोलन खेलका व्यवस्थापक तथा नेपाल भारत्तोलन संघका उपाध्यक्ष राम श्रेष्ठ वोसले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण