मधेसी मोर्चामा राजेन्द्र महतो शक्तिशाली, यस्ता छन् ५ कारण
काठमाडौ – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग कुनै सहमति नै नगरिकन खोलिएको नाकाबन्दी मधेशवादी दलका लागि ‘गालपासो’ बनेको छ । विगत ६ महिनादेखि मधेशवादी दलले गरेको आन्दोलनबाट केही प्राप्त नभएपनि नाकाबन्दी लगायत आन्दोलनका अन्य कार्यक्रम स्थगित भएपछि मधेशमा उनीहरुको आलोचना सुरु भएको छ ।
यद्यपी नाकाबन्दीले अरु मधेशवादी दललाई घाटा भएपनि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फाइदा नै भएको छ । मधेशमा पनि अरु नेताको भन्दा राजेन्द्र महतोको आलोचना कम भइरहेको छ । यसअघि मधेशवादी दलकै नेताहरुले पटक पटक नाकाबन्दी खोल्ने अभिव्यक्ति दिएपनि नाकाबन्दी खुलेका थिएन । तर, राजेन्द्र महतोले एकपटक मात्र त्यस्तो अभिव्यक्ति दिएपछि नाकाबन्दी खुलेपछि उनलाई मोर्चाका अन्य नेताभन्दा शक्तिशाली मानिएको छ । मधेशी मोर्चाको विरोधका बावजुद पनि महतो शक्तिशाली पाँच कारण यस्ता छन् :
कारण नं. १ः नाकाबन्दी खुल्लाको घोषणा विहार भ्रमणबाट फर्केपछि विराटनगरमा अध्यक्ष महतोले माघ २१ गते पत्रकार सम्मेलन गरेर एउटा नाका बन्द गरेर मात्र हुँदैन, गरिए अन्य नाकाहरु पनि खोल्नुपर्ने अभिव्यक्ति दिएपछि त्यसको भोलीपल्टदेखि वीरगञ्जल नाका खुलेको थियो । बन्द नाकालाई खुलाउन मधेशी मोर्चाका नेताहरुले प्रयास गरेपनि त्यो असफल भएको थियो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले माघ २२ गते विहानै वीरगञ्ज नाकामा गएर बन्द गराउने प्रयास गरेका थिए । तर वीरगञ्ज तथा रक्सौलका व्यपारी तथा तस्करहरुले प्रतिकार गर्न थालेपछि सोनललगायतका नेताहरु ‘ब्याक’ भएका थिए । त्यसले मधेशी मोर्चाका अन्य नेताहरु राजेन्द्र महतोमाथि चिढिएका थिए । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्र राय यादवले केही दिन पहिले रातोपाटीसँगको कुराकानीमा भनेका थिए, ‘राजेन्द्र महतोले नाका खोल्ने अभिव्यक्ति दिएपछि खुलेको नाका बन्द गराउन हामीले धेरै प्रयास गरेका थियौं, तर त्यहाँ मारकाटको अवस्था देखेर हामीले बल गरेनौं ।’
कारण नं. २ः महन्थ, उपेन्द्र र महेन्द्रले भन्दा पनि खुलेन उपेन्द्र यादव, महन्थ ठाकुर, महेन्द्र राय यादवले नाकाबन्दी खोल्ने अभिव्यक्ति दिएपनि नाका कहिल्यै खुलेन । उपेन्द्र यादवको संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठकबाट नै मधेश आन्दोलनको स्वरुप परिवर्तन गरी राजधानी केन्द्रीत गर्ने अभिव्यक्ति दिएका थिए भने महन्थ ठाकुरले पुस १० गते बस्ने मोर्चाको बैठकले नाकाबन्दी फिर्ता लिने अभिव्यक्ति दिएका थिए भने महेन्द्र राय यादवले माघ १८ गते नाकाबन्दी खुल्ने घोषणा गरेका थिए । उनीहरुको सो अभिव्यक्तिबाट नाकाबन्दी खुलेन । तर, राजेन्द्र महतोले एक दिन मात्र अभिव्यक्ति दिएपछि नाका खुलेको हो । यसले राजेन्द्र महतोले नै नाकाबन्दी सम्हालि रहेको र उनकै भरमा चलिरहेको कुरा पुष्टि भएको छ ।
कारण नं. ३ः प्रधानमन्त्री ओली र प्रचण्डको बधाई उपेन्द्र, महेन्द्र र महन्थले नाका खोल्ने अभिव्यक्ति दिएपनि प्रधानमन्त्री ओली र सरकारका प्रमुख प्रतिपक्षि दलका नेता एमाओवादीका अध्यक्ष प्रचण्डले कुनै वास्ता गरेका थिएनन् । तर राजेन्द्र महतोको एउटा अभिव्यक्तिले नाकाबन्दी खुलेपछि सोही दिन देशका प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका प्रमुख प्रतिपक्षि दलका नेता एमाओवादी अध्यक्ष प्रचण्डले फोन गरेर बधाई दिदै काठमाडौ आउन आग्रह गरेका थिए । यसले गर्दा मधेशी मोर्चाका नेताहरु उनीमाथि झन् चिढिए । माघ २५ गते तमलोपाका अध्यक्ष महन्थ ठाकुरको घरमा बसेको मधेशी मोर्चाको बैठकमा पनि उपेन्द्र यादवले यो कुरामा साह्रै जोड दिएका थिए र राजेन्द्र महतोलाई भनेका थिए, ‘नाकाबन्दी खोलेपछि प्रधानमन्त्री र प्रचण्डजी तपाईलाई मात्र किन बधाई दिनुभयो ।’ यतिसम्म चिढिए कि उनलाई अब आइन्दा केही बोल्न र लेख्न होस् पुर्याउन निर्देशन दिए । त्यसबाट राजेन्द्र महतो कति शक्तिशाली भएको कुरा पुष्टि भएको छ ।
कारण नं. ४ः महन्थ ठाकुरको प्रतिबद्धता राजेन्द्र महतो, उपेन्द्र यादव र महेन्द्र राय यादव विहार भ्रमणमा भएको बेला तमलोपाका अध्यक्ष महन्थ ठाकुर वीरगञ्ज–रक्सौला नाकामा गएर बसेका थिए । उनलाई त्यहाँका पत्रकारले सोधेका थिए, ‘तपाईले त नाकाबन्दी खोल्नु कुरा गर्नुभएको छ के अब नाकाबन्दी खुल्छ त ?’ जवाफमा उनले ‘नाकाबन्दी एक खुल्दैन दुई खुल्दैन’ भनि प्रतिकृया दिएका थिए । तर, त्यसको भोलीपल्टै अध्यक्ष महतोले दिएको अभिव्यक्तिपछि त्यही नाका नाटकीय ढंगले खुलेको थियो । महन्थले नाका बन्द रहन्छ भन्नु र महतोले नाकाबन्दी खुल्छ भन्ने अभिव्यक्ति सँगसँगै आएको थियो । तर, महन्थको कुरा लागु भएन महतोले भनेको कुरा लागु भयो ।
कारण नं. ५ः भारतको चाहना विपरित मधेशवादी दलका नेताहरु दिल्लीबाट फर्केदेखि नै भारतले नाकाबन्दी हटाउनु पर्ने पक्षमा थियो । मधेशवादी दलका नेताहरुलाई भारतीय दूतावासका प्रतिनिधिहरुले पटक पटक यस प्रकारको सल्लाह दिँदै आएका थिए । तर, महेन्द्र, उपेन्द्र र महन्थ राजी भएपनि राजेन्द्र महतो नाका खोल्न तयार भइरहेका थिएनन् । पछि उनै राजेन्द्र महतोले विराटनगरबाट एउटा अभिव्यक्ति दिए र नाका खुल्यो । यस कारणले पनि भारतको नजरमा शक्तिशाली देखिएका छन्, महतो ।
दिपेन्द्र झा फेसबुकमा लेख्छन्ः राजेन्द्र महतोजीले दिएको अभिव्यक्ति प्रिमेच्योर भयो र दिनु हुँदैन थियो भन्ने कुरामा म पनि सहमत छु । तर के यति भन्दैमा महतोजीले मधेश आन्दोलनमा गरेको योगदान भुल्न मिल्छ ? के पुलिसको बुटले जोगबनी नाकामा खाएको कुटाइ बिर्सन मिल्छ ? के पुरै आन्दोलन भरी हरेक शहिदको घरमा गएको कुरा भुल्न मिल्छ ? यसकारण कसले के बोल्यो भन्ने कुरामा नजाउँ । उपेन्द्रजी र महन्थजीले बेलाबेलामा नबोलेको हो र ? भेट्ने कुरामा पनि नजाउँ, सुशील कोइरालाजी र एकसेएक नेताको गोप्य बैठकमा नगएका नेताहरु कोही छन् त ?’
र, अन्त्यमा काठमाडौको दानापानी रोकि दिने भन्दै काठमडौबाट भदौं १ गते निस्किएका राजेन्द्र महतोका लागि राजधानी दुश्मन भयो । काठमाडौबासीले दैनिक जस्तो महतोको विरुद्ध आक्रोश पोख्थे । यहाँसम्म कि उनको घरमा ढुंगामुढा पनि भयो । तर, जब महतोको एक अभिव्यक्तिले नाकाबन्दी खुल्यो फेरी काठमाडौवासीका लागि प्यारो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण