यौन तथा प्रजनन स्वास्थ्यमा अपाङ्गता भएकाहरुको पहुँच पुगेन
काठमाडौँ - यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अपाङ्गता भएकाहरुको अझै सहज पहुँच पुग्न सकेको छैन ।
सुनौलो परिवार नेपाल, मेरी स्टोप्स र अस्ट्रेलिया एडको संयुक्त आयोजनामा सोमबार भएको ‘अपाङ्गता भएका युवाहरुको यौन तथा प्रजनन स्वास्थ्य अनुसन्धान प्रतिवेदन’ सार्वजनिक कार्यक्रममा अनुसन्धानकर्ता रामचन्द्र गैरेले प्रस्तुत गर्नुभएको प्रतिवेदनले विभिन्न छ जिल्लाका युवामा गरिएको अध्ययनले यौन तथा प्रजनन स्वास्थ्यका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था अपाङ्गमैत्री बन्न नसकेको देखाएको छ ।
कास्की, सिरहा, पर्सा, बारा, ललितपुर र मोरङमा दुई वर्ष लगाएर २९३ युवासँग गरिएको अध्ययनमा उनीहरुमध्ये ५४ प्रतिशतले स्वास्थ्य संस्थाको भौतिक संरचना अपाङ्गमैत्री नभएको बताएका थिए । यसैगरी ५१ प्रतिशतलाई सुरक्षित गर्भपतनबारे जानकारी नै नभएको पाइएको थियो ।
स्वास्थ्यकर्मीको व्यवहारकै कारण कतिपय अपाङ्गता भएकाहरु आफ्नो यौन तथा प्रजननबारे जिज्ञासा राख्न पनि नसक्ने र राखे पनि राम्रो जवाफ र व्यवहार नपाउने गरेको गुनासो गरेका थिए । दोभाषेको अभावकै कारण आफ्ना स्वास्थ्य समस्याबारे स्पष्ट बताउन नसक्ने भएकाले स्वास्थ्य संस्थामा दोभाषेको व्यवस्था हुनुपर्ने माग उनीहरुको थियो ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव हुमकला पाण्डेले सरकारले अपाङ्गता भएका व्यक्तिका लागि गरेको व्यवस्थाबारे जानकारी दिँदै कुल जनसङ्ख्याको पाँच लाख १३ हजार अपाङ्गता भएकाहरु रहेको बताए ।
गत वैशाख १२ र त्यसपछिका परकम्पका कारण करिब चार हजार व्यक्ति अपाङ्ग बन्न पुगेको उनले बताए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका उपाध्यक्ष टीका दाहाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत नमिता घिमिरे, मेरी स्टोप्सका निर्देशक केपी उपाध्यायलगायतले अपाङ्गता भएकाहरुले आफ्नो यौन तथा प्रजनन स्वास्थ्यबारे चासो राख्नु र खुलेर आफ्ना समस्या भन्नु सचेतनाको प्रभाव भएको बताउँदै उनीहरुको स्वास्थ्यमा पहुँच बढाउन सरकारी निकायबाट पहल हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण