प्राथमिक उपचार पाउन घन्टौँ हिँड्नुपर्दा समस्या
मङ्गलबार, ०४ फागुन २०७२, १० : ०६
म्याग्दी - म्याग्दीको हिदीका स्थानीय सहज स्वास्थ्य सेवा लिनबाट वञ्चित बनेका छन् । प्राथमिक उपचार सेवा लिनकै लागि तीन घन्टा बढी हिँड्नुपर्ने बाध्यताले हिदीका स्थानीयवासी सहज स्वास्थ्य सेवा लिन नपाएको गुनासो गर्छन् ।
कुहुँ गाविसको ९ नं र बाबियाचौर गाविसको ९ नं वडा तथा दरबाङ गाविसको ४ नं वडा मिलेर बनेको हिदी गाउँबाट प्राथमिक स्वास्थ्य सेवा लिनका लागि कुहुँ र बाबियाचौर पुग्नका लागि कम्तीमा तीन घन्टा हिँड्नुपर्ने बाध्यता रहेको सिद्धशान्ति युवा क्लब, कुहुँका पूर्व अध्यक्ष चर्तुध्वज फगामीले बताए ।
“गाउँमा सहज यातायात सुविधा छैन, त्यसैमा बिरामी भएमा घन्टौँ टाढाको दूरीमा रहेको स्वास्थ्य चौकीमा पुग्नुपर्छ, भिरपहराको बाटो भएकाले पनि सजिलैसँग आवतजावत गर्न समस्या छ, फगामीले भने ।” त्यसैले स्थानीयवासीले गाउँमै सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न माग गरेका छन् ।
तीन गाविसमा विभाजित दुखु गाउँका जनता टाउको दुखेमा सिटामोल किन्नकै लागि पनि तीन घन्टा हिँड्नुपर्ने बाध्यताले समस्यामा परेको सिद्धशान्ति माध्यमिक विद्यालय हिदीका प्रधानाध्याक होमनाथ पाण्डेले बताए । उनले गाउँका स्थानीयवासीले अहिले सामुदायिक स्वास्थ्य एकाइको माग गर्दै जिल्लास्थित सरोकारवालाको ध्यानाकर्षण गराउने तयारी गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण