विवाहको निम्तो दिन आएका शाहको घरको छत खसेर मृत्यु
सिरहा – सिरहाको लहानमा आज बहान घरको छत खस्दा एक जनाको मृत्यु भएको छ । सिरहाको लहान वडा नम्बर–७ स्थिति पुरानो बजारमा रहेको एक पुरानो घरलाई तोड्ने काम भइरहेको बेला एक्कासी घरको छत खस्दा घर अगाडी उभिरहेका ५५ वर्षीय सोमनी साह किचिएका थिए । उपचारका लागि गराउन लाग्ने क्रममा उनको मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । प्रत्यक्षदर्शी सञ्जिब यादवका अनुसार करिब एकहप्ता देखि उक्त घर तोड्ने कार्य भैरहेको थियो । एक्कासी घरको छत खस्दा स्थानीयसँगै बजारमा किनमेल गर्ने आगन्तुकहरु फेरी भुइचालो आयो भन्दै त्रसित बनेका थिए । बजारमा केहि बेर भागाभागसमेत भएको यादवले बताए । ‘साह कि पत्नी एक्कासी रुन कराउन थालेपछि हामीले छत ढलेर किचिएका साहको उद्धार गर्न तर्फ लाग्यौं,’ उनले भने, ‘तर छत भारी भएका कारण ३०–४० जनाको समूहले उठाउँदा पनि निकै गाह्रो भएको थियो ।’ शाहलाई निकालेर एम्बुलेन्समा राखेर अस्पताल लाने क्रममा मृत्यु भएको थियो । साहका छोरीको विहे यहि फाल्गुन १२ गते तय भएको र उनी आफन्तलाई निम्तो दिन लहान आएका थिए । छत खसेको घरधनीको नाम कृष्णा साह र पप्पु साह रहेका छन् । उनीहरु उक्त घरमा पहिला भाडाकुडाको पसल गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण