बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

११ वर्षीय निश्चलको हत्या अभियोगमा पाँचजना पुर्पक्षका लागि जेल चलान

मङ्गलबार, ०४ फागुन २०७२, १० : ४२
मङ्गलबार, ०४ फागुन २०७२

महोत्तरी - महोत्तरीको जलेश्वरका ११ वर्षीय बालक निश्चल पाण्डेको अपहरणपछि हत्या गरेको अभियोगमा जिल्ला अदालत महोत्तरीले पाँचजनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

बालक हत्या अभियोगमा पक्राउ परेका जलेश्वर–१ का पप्पु यादव, जलेश्वर–६ का गोविन्दकुमार मिश्र, जलेश्वर–१२ का सरोज पाण्डे र सञ्जीव मिश्र तथा जलेश्वर–८ का शिवम चौधरी सोमबार जेल चलान भएका हुन् ।

उनीहरूले गएको पुस २९ गते जलेश्वर–१२ भिठ्ठामोड बसपार्कबाट नवीन पाण्डेका ११ वर्षीय छोरा निश्चलको अपहरणपछि हत्या गरेको महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

जलेश्वर–१२ मलिबारा घर भएका निश्चलको शव प्रहरीले अपहरणको पाँच दिनपछि जलेश्वर–१३ मा रहेको रातु खोला किनारमा खाल्डो खनेर गाडेको अवस्थामा फेला पारेको थियो । फिरौती असुल्ने उद्देश्यले बालकको अपहरण गरेको बयान उनीहरूले प्रहरीलाई दिएका छन् ।

अपहरण गरेर लैजाँदा बालक चिच्याएपछि मुख थुन्दा बालकको ज्यान गएको उनीहरूको बयान छ । अपहरणपछि उनीहरूले बालकका आफन्तलाई फोन गरेर ५० लाख फिरौती मागेका थिए ।

बालक हत्यामा संलग्न अन्य केही फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप