बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठगीका ‘मास्टरमाइन्ड’ मुरारकाको अर्को चाल : फर्जी सूचना निकालेर व्यापारिक साझेदारमाथि हमला

मङ्गलबार, ०४ फागुन २०७२, १० : ५०
मङ्गलबार, ०४ फागुन २०७२
काठमाडौं– आफ्नो उद्योगबाट उत्पादित चियाको अण्डरबिलिङ्ग गरी करोडौँ राजस्व ठगी गरेका व्यवासायी अशोक मुरारका व्यवसायीक ठग भएको खुलेको छ । उद्योगको कारोवारको विषयमा आफ्ना साझेदारलाई समेत झुक्याएर राजस्व ठग्ने, कर छली गर्ने, कम्पनी नोक्सान देखाई बैंकबाट ऋण लिने तथा कानुनी रुपले साझेदारसँग गरेको सम्झौता समेत लत्याएर कारोबार गर्ने गरेपछि उनी व्यवसायीक ठग भएको खुलेको हो । ईलाम टि प्रोड्युसर्स प्रालिमा मुरारकाले आफ्नो दुईतिहाई र साझेदार कृष्णप्रसाद प्रसाईको एकतिहाई हिस्सेदारी रहेको भनेर सहिछाप गरी आफैले गरेको सम्झौता र कम्पनीको माईन्यूटिङ्ग कम्नी रजिष्ट्रारको कार्यालयमा नबुझाई झुठा विवरण पेश गरी विभिन्न संचारमाध्यममा सार्वजनिक सूचना गरेपनि यो कुरा बाहिर आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप