बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घट्ने भयो लोडसेडिङ, भारतबाट ८० मेगावाट बिजुली ल्याइँदै

मङ्गलबार, ०४ फागुन २०७२, १३ : १६
मङ्गलबार, ०४ फागुन २०७२

काठमाडौं– चर्को लोडसेडिङको सास्ती भोगिरहेका विद्युत उपभोक्तलाई केहि राहत मिल्ने भएको छ । नेपाल विद्युत प्रधिकरणले बुधबारदेखि दैनिक दुई घण्टा लोडसेडिङ घटाउन सकिने जनाएको छ । नेपालले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट भारतीय बिजुली आयात गर्न लागेपछि लोडसेडिङ घट्ने भएको हो । अहिले साताको ९१ घण्टा लोडसेडिङ हुँदै आएको छ । बुधबारदेखि विजुली आयात गर्नेगरि विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनभीभीएनबीच बिजुली खरिद बिक्री सम्झौता भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले र एनभीभीएनका महाप्रबन्धक एके मग्गुले हस्ताक्षर गरेको सम्झौतापत्रअनुसार एनभीभीएनले अन्तरदेशीय प्रसारण लाइन हुँदै प्राधिकरणलाई बुधबारदेखि प्रतियुनिट भारु ३.४ मा ८० मेगावाट बिजुली निर्यात गर्ने कार्य सुर गर्नेछ ।

भारत सरकारले प्रधानमन्त्री केपी ओलीको नयाँदिल्ली भ्रमणका अवसरमा शुक्रबारदेखि औपचारिक रूपमा नेपाललाई बिजुली निर्यात गरेको घोषणा गर्ने गर्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप