बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनोरथको हत्या भएको खुलासा

मङ्गलबार, ०४ फागुन २०७२, १३ : ३७
मङ्गलबार, ०४ फागुन २०७२
झापा- विर्तामोडस्थित नयाँ बसपार्कको एक होटलमा रहस्यमय रुपमा मृत फेला परेका कनकाई–३ सुरुङ्गाका ४९ वर्षीय मनोरथ पाठकको घाँटी थिचेर हत्या’ भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा भएको छ । वैदेशिक रोजगारीबाट केही महिनाअघि मात्र फर्केका मनोरथ घरका सदस्यलाई जानकारी नदिइ छिमेकीकै केटी साथीसँग होटलमा बस्दै आएका थिए । उनलाई विर्तामोड बसपार्कको एउटा कोठामा मृत अवस्थामा गत माघ १६ गते साँझ ६ः५० बजेतिर होटल सञ्चालकले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मनोरथ पाठकसँग होटलमा बस्दै आएकी कनकाई–३ सुरुङ्गाकी १९ वर्षीया प्रमिला विकले सामान्य विवादमा पाठकको घाँटी थिचेको’ प्रारम्भिक बयान दिएकी छन् । विवादका क्रममा केहीबेर घाँटी थिचिसकेपछि मनोरथ चलमलाउन छाडेको र त्यसपछि डर लागेर आफू होटलको कोठाको साँचो लगाएर भागेको प्रमिलाले प्रहरीलाई पहिलो बयानमा बताएकी हुन् । घरमा छोराछोरी र पत्नी भएका मनोरथ र वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा पति भएकी प्रमिला एक महिनादेखि पटक पटक होटलमा सँगै बस्दै आएका थिए । सानो गाडी किन्ने भनी केही नगदसमेत लिएर घरबाट हिँडेका मनोरथ र प्रमिला विर्तामोडको होटलमा आउनुअघि धरानको अर्को होटलमा निकै दिन उनीहरु बसेका प्रहरीले जानकारी दिएको छ । रासस  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप