बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

६ महिनापछि मधेसका सरकारी कार्यालय खुलेसँगै सेवाग्राहीको भीडभाड

मङ्गलबार, ०४ फागुन २०७२, १४ : २०
मङ्गलबार, ०४ फागुन २०७२

सिरहा– लामो बन्द पश्चात सरकारी कार्यालय खुलेपछि सिरहालगायत तराइका सरकारी सरकारी कार्यालयहरुमा सेवाग्रहीहरुको भीड लागेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विगत ६ महिनादेखि जारि बन्द स्थगित भएपछि सिरहासहित तराई मधेसका सरकारी कार्यालयहरुमा सेवाग्रहीहरुकोे भिड लागेको हो । आन्दोलन स्थगित भएसँगै सर्वसाधारणले राहत महसुस गरेका छन् । यसैबीच नेपाल विद्युत प्राधिकरण वितरण सिरहाले बन्द अवधिको रकम बन्द खेलेको एक साताभित्र बुझा“दा ३ प्रतिशत छुट दिने भएपछि भिड लाग्ने महसुल उठाउने ठाउ“हरुमा भिड लाग्ने गरेको छ । बन्द खुलेपछि विद्युत प्राधिकरण लहान, गोलबजार, मिर्चैया, सिरहा लगाएतका ग्राहक सेवा केन्द्र बन्द खुलेपछि महसुल बुझाउनेको भिड लागेको छ । जिल्लाका मालपोत, नापी, आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय, बिद्युत कार्यालय तथा जिल्ला प्रसासन कार्यालयहरुमा पनि सेबा ग्राहीको बढी भिड लाग्ने गरेको छ । विद्युत प्राधिकरणले सिरहा जिल्लाबाट सहज अवस्थामा मासिक महिनामा २ करोड ५० लाख सम्म उठाउ“दै आएको भएपनि अहिले दैनिक एक करोडको हाराहारीमा महसुल उठिरहेको लहान शाखा प्रमुख माधव प्रसाद यादवले बताए ।

बन्द अवधिभरको विद्युत महसुलमा लाग्ने जरिवाना छुट गरेकाले पनि महसुल बुझाउनेको भिड लागेको प्रमुख यादवले बताए । उनले माघ २८ गतेदेखी ७ दिन सम्म बन्द अवधीको विद्युत महसुलमा तीन प्रतिशत दिनछुट गर्ने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिए । अहिले विद्युत प्राधिकरणले जिल्लाका सवै केन्द्रहरुबाट बिहान ८ बजेदेखी बेलुका ६ बजेसम्म महसुल बुझ्ने व्यवस्ता मिलाएको छ । प्रधिकरणका अनुसार बन्द अवधीको मात्र करिब १२ करोड महसुल असुल गर्न बा“की रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप