बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ शिक्षा नीतिका लागि दुई हप्ताभित्र आयोग : शिक्षामन्त्री

मङ्गलबार, ०४ फागुन २०७२, १४ : ३१
मङ्गलबार, ०४ फागुन २०७२

काठमाडौँ - नयाँ शिक्षा नीति निर्माणका लागि दुई हप्ताभित्र उच्चस्तरीय आयोग गठन गरिने भएको छ । डिल्लीबजारस्थित विजय स्मारक उमाविको हीरक महोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको सुधार र विकासका लागि नयाँ शिक्षा नीति आवश्यक रहेको र त्यसका लागि छलफल भइरहेको बताए । यसै वर्षदेखि प्रवेशिका परीक्षाको लब्धाङ्कपत्रमा सुरु गर्न लागिएकोे अक्षराङ्क प्रणालीमा ‘डी’ र ‘इ’ श्रेणीमा आउने विद्यार्थीलाई प्राविधिक शिक्षामा लगाउन तयारी भइरहेको जानकारी उनले दिए । मन्त्री पोखरेलका अनुसार भूकम्पका कारण करिब आठ हजार विद्यालयको भौतिक संरचना तथा एक लाखभन्दा बढी विद्यार्थी प्रभावित भएकाले तीन वर्षभित्र नै विद्यालयको भौतिक संरचना निर्माण गरिने छ । उक्त विद्यालयका व्यवस्थापन समितिसँग सम्बन्धित प्रा डा सुरेशराज शर्मा, नीर शाह, विजयकुमार पाण्डेलगायतले विद्यालयबाट आफूले अँगालेको अनुभव र शैक्षिक गुणस्तरका लागि विद्यालयले पु¥याएको योगदानबारे कुरा राखेका थिए । सोही अवसरमा ‘विजयश्री’ स्मारिकाको विमोचन समेत गरियो । तत्कालीन प्रधानमन्त्री मोहनशम्शेरले आफ्ना छोरा विजयको सम्झनामा उक्त विद्यालयको स्थापना गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप