संस्थापन पक्षलाई देउवाको सहयोग
सल्यान–नेपाली काँग्रेस सल्यानको आसन्न १३ औं जिल्ला महाधिवेशनमा देउवा पक्षले संस्थापन पक्षलाई सहयोग गर्ने भएको छ । पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि स्थगित भएको निर्वाचन फागुन ७ गते हुदैछ ।
७ गते हुने अधिवेशनमा देउवा पक्षका तीन सभापतिका प्रत्यासी तथा केन्द्रिय सदस्यले संस्थापन पक्षबाट सभापतिका उम्मेदवार गणेश चन्दलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
देउवा पक्षकै केश बहादुर विष्टमाथि अख्तियारमा मुद्धा परेको, विद्युत वितरणमा विवाद साम्य नभएको र जसका कारण झिम्पे गाविसमा २ वर्षदेखि तालाबन्दी भईरहेको तथा खानेपानी र सडक लगायतका विषयमा आरोप लागेकाले संस्थापन पक्षका उम्मेदवारलाई सहयोग गरेको आज संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, पूर्व सभापति धु्रवराज पुरी, सभापतिका प्रत्यासी एकराज डिसी, ऋषिकेश जंग शाहले सयूक्त रुपमा जारी विज्ञप्तीमा नैतिक पतन भएका व्यक्तिले पाटी सञ्चालन गर्न नसक्ने भन्दै साझा उम्मेदवारका रुपमा गणेश चन्दलाई उठाएको उल्लेख छ । देउवा पक्षबाट उम्मेदवार बनेका विष्टमाथि दुई वर्षअघि विद्युत वितरण तथा विद्युत शुल्क हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्या परेको छ । जुन मुद्याको अहिलेसम्म सुनुवाई भएको छैन । विज्ञप्तीमा एकता, मेलमिलाप, सहकार्य र सहमतिलाई जोड दिँदै नैतिक मूल्य र उदार नेतृत्वको रुपमा रहेका गणेश चन्दलाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गर्दछौं भनिएको छ। विखण्डनकारी चिन्तन र कार्यलाई निस्तेज पार्न पनि चन्दलाई साझा उम्मेदवार भनाईएको नेताहरुको भनाई रहेको छ । माघ २५ गते भएको निर्वाचनमा संस्थापन पक्षबाट एक जना र देउवा पक्षबाट ४ जनाले उम्मेदवारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण