प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छन् उद्योगी–व्यवसायी ?
काठमाडौ– उद्योगपति एवम व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ७ गतेबाट हुने भारत भ्रमणले नेपाल भारतवीच देखिएको असमझदारी हटाएर सम्बन्धमा विश्वासको बातावरण निर्माण गर्न सक्नु पर्ने बताएका छन् । उनीहरुले प्रधानमन्त्रीको भ्रमणमा नेपालको धारासायी बनेको आर्थिक क्षेत्रलाई उकास्न भारतीय बजारमा नेपाली उत्पादन र ब्यवसायीहरुको सहज पहुँचको बातावरण बनाउन विशेष पहल हुनु पर्नेमा जोड दिएका छन् । नेपाल उद्योग बाणिज्य महासंघकी कार्यबाहक अध्यक्ष भवानी राणाले रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेपाल र भारतवीचको सम्बन्धमा असहजता उत्पन्न भएको बेला हुन लागेको प्रधानमन्त्रीको भारत भ्रमणको विशिष्ट महत्व भएको भन्दै भ्रमणमा राजनीतिक विषयहरु सहित आर्थिक मुद्दालाई पनि प्राथमिकताका साथ उठाउनु पर्ने बताईन । उनले भ्रमणको बेला नेपाल निर्यात गर्ने बस्तुमा लाग्दै आएको सेवा शुल्क हटाउन, सीमामा हुने झण्झटको अन्त्य, फुलबारी नाकालाई सहज बनाउने, विशाखापटनम बन्दरगाहको प्रयोग रक्सौल जस्तै नेपालगञ्ज र जोगबनीसम्म ब्रोडगेज रेलको विस्तार, नेपालको कृषिजन्य बस्तुको निर्यातामा भईरहेको झण्झट अन्त्य लगायतका विषयलाई प्राथमिकतामा राख्नु पर्ने बताईन् । राणाले भारतको सरकारी कर्मचारीलाई दिईने विदामा नेपाल ल्याउने गरी योजना बनाउनु पर्ने भन्दै भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल आउँदा घोषणा गरेको बुद्ध र जनकपुर सर्किट निर्माणको विषयलाई कार्यान्वयनमा लैजान ठोस छलफल गर्नु पर्ने धारणा राखिन् । उनले प्रधानमन्त्रीले भारतीय उद्योग ब्यवसायीहरुसँगको छलफलको क्रममा उनीहरुको आत्म विश्वास बढाउन सक्नु पर्ने भन्दै योसँगै भ्रमणमा नेपालले आफ्ने द्धिपक्षी र अन्तर्राष्ट्रिय अधिकारको कुरालाई पनि उठाउन सक्नु पर्ने सुझाव दिईन् । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठले प्रधानमन्त्रीको भारत भ्रमणको प्राथमिकता दुई मुलुकवीच विश्वासको बातावरण निर्माण गर्न सक्षम हुनु पर्ने भन्दै विश्वासको बातावरण नबनुन्जेलसम्म कुनै पनि कुरा अगाडि बढ्न नसक्ने दावी गरे । उनले नेपाल भारतवीचको प्रमुख समस्यामा बढ्दो ब्यापार घाटा र भुक्तानी सन्तुलनको विषय भएको भन्दै यसकोलागि नेपालको जलविद्युतको विकास र भारतीय लगानी आर्कषित गर्न तर्फ भ्रमण केन्द्रीत हुनु पर्नेमा जोड दिए । श्रेष्ठले भने,‘ अहिलेको भुक्तानी असन्तुलनले धेरै दिन टिक्न सकिदैन । यहाँ जलविद्युत विकासको बातावरण निर्माण गरेर भारतमा निर्यात गर्न सक्नु पर्छ । भारतीय लगानी आर्कषित गर्न उनीहरुलाई दिने सुविधाको विषयमा भारतीय लगानीकर्तालाई आश्वास्त पार्न सक्नु पर्छ । जलविद्युतमा लगानी आएको छ तर उनीहरुले काम अगाडि बढाउन सकेका छैनन । यसले लगानीको क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । दुई देशवीच ब्यापारको धेरै सम्भावना छ । यस विषयमा ध्यान दिनु पर्छ ।’ नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा दुई मुलुकवीच देखिएको असहज परिस्थिति अन्त्यकोलागि महत्वपूर्ण हुनु पर्ने भन्दै सम्बन्धमा सहजता आएपछि अन्य विषयहरु पनि सहज हुँदै जाने विश्वास ब्यक्त गरे । उनले सम्बन्धमा देखिएको असहजताले आर्थिक क्षेत्रमा पारेको प्रभावको असर अझै दुई तीन वर्षसम्म देखिने भन्दै प्रधानमन्त्रीको भ्रमणले राजनीतिक सम्बन्धमा समस्या आउँदा पनि ब्यवसायिक क्षेत्रलाई असर पर्ने बातावरण बनाउन केन्द्रीत हुनु पर्नेमा जोड दिए । शर्माले नेपाली बस्तुलाई भारतमा प्रवेशको बातावरण निर्माण गर्नु पर्ने भन्दै दुई देशवीचको ब्यापार सहजीकरणकोलागि भन्सारको क्षमता विस्तार, यातायातको ब्यवस्था, कोलकातामा नेपाली यार्ड राख्ने, निर्यातमा रहेको अवरोध हटाउने, विद्युत आयात र निर्यातकोलागि संरचना निर्माण, नेपालमा निर्यात गर्दा लगाईने सेवा शुल्क हटाउने, नेपालीलार्य भारतमा लगानी गर्ने र सम्मानको बातावरण निर्माण गर्न सके नेपालको आर्थिक क्षेत्र माथि उठ्न सक्ने दावी गरे । संविधान जारी भएपछिको पहिलो सरकार भएकोले यसको महत्वप बढी भएकोले सरकार बढी नै संबेदनशिल र जिम्मेवार हुनु पर्ने सुझाव दिए । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष सुरेन्द्रबीर मालाकारले संविधान जारी भएपछि बनेको पहिलो सरकारको पहिलो विदेश भ्रमणको रुपमा यसको विशेष महत्व रहेकोले यो भ्रमणलाई सकारात्मक बनाउनु पर्ने भन्दै भर्खर माथि उठ्न खोजेको निजी क्षेत्रले भ्रमण सकारात्मक होस भन्ने अपेक्षा राखेको बताए । उनले भ्रमणमा सम्बन्धमा नकारात्मक असर पर्ने खाले कुनै पनि विषय उठन नहुने भन्दै दिर्घकालिन हितको सोच लिए दुबै मुलुकको हितमा हुने बताए । भ्रमणलाई लगानी भित्राउने दिशामा उन्मुख गराउने तर्फ केन्द्रीत हुनु पर्नेमा जोड दिदै उनले मुलुक आत्मनिर्भर स्वावलम्बि बनाउने प्रधानमन्त्रीको विचारलाई हासोमा उडाउन नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण