सरकारी विद्यालयमा ऋण काढेर बालबालिका बढाउन बाध्य
जाजरकोट – यहाँ वर्षेनी प्राथमिक तहका विद्यालय थपिएपनि दरवन्दी नथपिएका कारण समस्या हुँदै आएको छ ।विद्यालय खोल्न शिक्षा कार्यालयले अनुमती दिने तर शिक्षकको दरवन्दी नदिदा यस्तो समस्या आएको हो ।
शिक्षाले विद्यालय खोल्न अनुमती दिने तर शिक्षकको लागी दरवन्दी नदिदा स्थानियले ऋण काढेर विद्यालय सञ्चालन गर्न वाध्य भएको सुर्यकिरण प्रावि खगेनकोटका अध्यक्ष लेखवहादुर खत्रीले दुखेसो पोखे । जिल्लाका अधिकाश विद्यालयमा निजी स्रोतमा राखिएका शिक्षकलाई गाउँहरुले ऋण काढेर तलव भत्ता खुआउनु परेको खत्रीको भनाई छ । सरकारले व्यवस्था गर्दा सरकारी विद्यालयमा पनि गाउँलेहरुले नै रकम उठाएर पैसा तिरेर छोराछोरी पढाउन वाध्य भएको रामीडाडाँ ४ का खगेन्द्र वोहराले पिरलो पोखे । शैक्षिक सत्र २०६५–०६६ र ०६६ – २०६७ मा धेरै प्राथमिक विद्यालयहरुले संचालनको अनुमति १ सय भन्दा वढी विद्यालयले पाएका थिए । अनुमती पाएका त्यस्ता विद्यालयले शिक्षक दरबन्दि भने नपाएको निमित्त जिल्ला शिक्षा अधिकारी योगेश्वर खत्रीले जानकारी दिए ।
२०६७ साल देखि यता विद्यालय सञ्चालनका लागि अनुमती शिक्षा कार्यालयले नदिएपनि अनुमती पाएका विद्यालयले दरवन्दी नपाएका कारण गाउँलेहरुले शिक्षक आफै नियूक्ती गरी विद्यालय टिकाईराखेका छन् । विद्यालय सञ्चालनका लागी खसी वोका,कुखुरा, सामुदायिक वन, अन्न, लगायतको विक्री वितरण गर्नुपरेको विद्यालय व्यवस्थापन समितिहरुले वताएका छन् । शिक्षा कार्यालयले केही विद्यालयलाई विद्यार्थी इकाइ लागत रकम ( पिसिएफ ) दिने गरेको छ । त्यो रकम एक विद्यालयले बार्षिक रुपमा ५० ÷६० हजार पाउने गर्दछ । कक्षा १ देखी ३ सम्म सञ्चालनमा रहेका विद्यालयमा कम्तिमा दुई देखी तीन जना सम्म शिक्षक हुने हुँदा यो रकम निकै कम हुने गरेको छ । निजी विद्यालय जस्तै गरी शिक्षकलाई गाउँलेहरुले रकम जुटायर तलव भत्ता खुआउदा सरकारी र निजी विद्यालय वीच केही भिन्नता नभएको सरोकारवालाले वताएका छन् । यता जिल्ला शिक्षा कार्यालयमा कर्मचारी अभाव हुदा दैनिक काम प्रभावित हुदै आएको छ । दुई वर्ष देखी कार्यालयमा विद्यालय निरिक्षक पाँचवटा दरवन्दी .खाली रहेका छन् । एकै पटक सवै विद्यालय निरिक्षक सरुवा भएर गएपछि जिल्ला शिक्षा कार्यालय विद्यालय निरिक्षक विहिन अवस्थामा पुगेको शाखा अधिकृत यज्ञश्वार खत्रीले जानकारी दिए । ५ जना अधिकृत पनि जिल्ला शिक्षा कार्यालयमा लामो समय देखी रिक्त रहेको छ । रिक्त रहेका कारण विद्यालय अनुगमण देखी जिल्ला शिक्षा कार्यालयको नियमित काम प्रभावित हुदै आएको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयले नियमित विद्यालय अनुगमण गर्न नसकेको वताएको छ । विद्यालय अनुगमण नहुँदा विद्यालय को शैक्षिक अवस्था मापन कार्य प्रभावित हुदै आएको छ । स्रोत व्यक्तीहरु विद्यालयको हेरदेख भन्दा जिल्ला शिक्षा कार्यालयको काम गर्न वाध्य भएका छन् । विद्यालयमा भौतिक पुर्वधार वितरण गरेपनि नियमित अनुगमण नहुँदा निर्माण कार्य कस्तो हुदै भन्ने सम्मा थाहा हुन सकेको छैन । अहिले जिल्ला शिक्षा कार्यालयमा दुई शाखा अधिकृत,जिल्ला शिक्षा अधिकारी र सहायक जिल्ला शिक्षा अधिकारी ,एक जना प्राविधिक, अन्य दुई जना कर्मचारीको भरमा जिल्ला शिक्षा कार्यालय सञ्चालनमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण