बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतलाई हराउने हिरोहरु बुधबार काठमाडौं आउँदै

मङ्गलबार, ०४ फागुन २०७२, १६ : ४८
मङ्गलबार, ०४ फागुन २०७२

काठमाडौं– १२ औं सागको फाइनलमा भारतलाई हराउँदै नयाँ इतिहास रचेका नेपाली फुटवलका हिरोहरु बुधवार स्वदेश फर्कने भएका छन् । डोमेस्टिक टर्मिनल मार्फत नेपाल आउन लागेका नेपाली फुटवलरहरु बुधवार दिउँसो तिन बजे त्रिभुवन विमानस्थल ओर्लने अखिल नेपाल फुटवल संघ ‘एन्फा’ले जनाएको छ ।

सोमबार भारतको गुवाहाटी स्थित ईन्दिरागान्धी रंगशालामा भारतिय टोलीलाई हराउँदै २३ बर्षपछी सागको गोल्ड मेडल चुमेको नेपाली फुटवल खेलाडीहरु आज सागको समापन समारोहमा सहभागी हुँदैछन् । बाह्रौं दक्षिण एशियाली खेलकुद ‘साग’को समापन मंलगबार साँझ गुवाहाटीको इन्दीरागान्धी एथलेटिक्स स्टेडियममा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप