बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रान्तकारी संघको महाधिवेशन स्थगित

मङ्गलबार, ०४ फागुन २०७२, १६ : ५८
मङ्गलबार, ०४ फागुन २०७२

काठमाडौ  –क्रान्तकारी पत्रकार संघको राष्ट्रिय महाधिवेशन अन्तिम समयमा आएर स्थगित भएको छ । महाधिवेशन अगामी फागुन ७ र ८ गतेका लागि तय गरिएको थियो ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र मणी थापा कम्युनिष्ट पार्टीसँग एमाओवादीको एकता हुने तयारी भएकाले तत्कालका लागि महाधिवेशन स्थगित गरिएको संघका केन्द्रीय सदस्य सुरेशकुमार यादवले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार दलहरु बीच एकता भइसकेपछि आगामी बैशाखसम्ममा संघको एकता महाधिवेशन हुने सम्भावना छ ।

यसअघि महाधिवेशनका लागि विभिन्न जिल्ला लगायत सातै प्रदेशको अधिवेशन सम्पन्न भइसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप