‘साग’को अन्तिम दिन जुडोले जित्यो तीन कास्य
मङ्गलबार, ०४ फागुन २०७२, १७ : ०५
गुवाहाटी– १२ औं दक्षिण एशियाली खेलकुदको अन्तिम दिन जुडोले नेपालको लागि थप तीन कास्य पदक जितेको छ । मंगलबार सिलोङको पोलो ग्राउन्डस्थित कभर्डहलमा भएको खेलमा ७० केजी मुनिको तौल समुहमा गंगा चौधरीले कास्य पदक जितिन् ।
राउन्ड रोविनको आधारमा खेलाईएको प्रतियोगिताको अन्तिम क्षणमा आफुलाई सम्हाल्न नसक्दा चौधरी कास्यमा सिमित भएकी थिईन् । सो स्पर्धामा भारतकी पुजाले स्वर्ण पाकिस्तानकी बेनिस खानले रजत र बंगालादेशकी जयाराथेंले कास्य पाईन् ।
यस्तै महिलाको ७८ केजी मुनीको तौलमा पुनम श्रेष्ठले पनि आफुलाई कास्य भन्दा माथी लान सकिनन् । सो तौलमा पाकिस्तानकी मुमताज फौजीले स्वर्ण पाईन । भारतकी अरुनाले रजत र श्रीलङककी डब्लु.जि.एल.डी. जयवर्दनेले कास्य पाईन् ।
पुरुषतर्फको १०० केजी मुनीको तौलमा शिब बहादुर बरामले कांस्य पाए । सो स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र अफगानिस्तानले कास्य पाए ।
बाह्रौं सागको समापन सँगै जुडोबाट नेपालले १ स्वर्ण, २ रजत र ६ कास्य पदक प्राप्त गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण