कास्कीमा तोडियो सिन्डिकेट, फोडिए गाडी
मङ्गलबार, ०४ फागुन २०७२, १७ : ११
पोखरा फागुन ४–कास्कीमा विगत लामो समयदेखि रहँदै आएको यातायात क्षेत्रको सिन्डिकेट मंगलवारवाट तोडिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको निर्देशनमा कास्कीमा रहँदै आएको यातायात क्षेत्रको सिन्डीकेट तोडिएको हो ।
कास्कीमा दर्जनौ प्रमुख जिल्ला अधिकारीहरु आए तर कसैले पनि सिन्डीकेट तोड्न सकेनन् तर प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भने यातायात क्षेत्रको सिन्डीकेट तोडेर सकारात्मक काम गरेको नागरिकहरुले टिप्पणी गरेका छन् ।
सधैं एकाधिकार कायम राख्न भन्दा यात्रुलाई गुणस्तरीय सेवा प्रदान गरेर मन जित्नतर्फ व्यवसायीहरु लाग्नु पर्ने मैनालीको भनाई छ ।
सिन्डीकेट तोडिए सँगै कास्कीमा विन्ध्यवासिनी वस व्यवसायी समितिका तीनवटा वसहरु मंगलवारदेखि नै पोखरा नगरीमा संञ्चालनमा आएका छन् ।
ती तीनवटै वसले तीन दिनसम्म लगातार निशुल्क रुपमा यात्रु ओसार्ने भएका छन् ।
व्यवसायलाई प्रतिस्पर्धी वनाउँदै गुणस्तरीय वनाउने उदेश्यले वसहरु संञ्चालनमा ल्याएको विन्ध्यवासिनी वस व्यवसायी समितिका अध्यक्ष समवहादुर गुरुङले जानकारी दिएका छन् । उनले यही फागुन १५ गते भित्र पोखरामा २० वटा थप नयाँ गाडी ल्याउने तयारी भएको जानकारी दिएका छन् ।
मन्त्री परिषदको वैठकले सिन्डीकेट खारेज गर्दै पोखरामा विन्ध्यवासिनी वस व्यवसायी समितिलाई वस संञ्चालन गर्न अनुमति दिन यातायात व्यवस्था विभाग मार्फत गण्डकी अञ्चल यातायात व्यवस्था कार्यालयलाई निर्देशन दिए सँगै विन्ध्यवासिनी वसले पोखरामा ३ वटा नगरवस संञ्चालनमा ल्याएको हो ।
समितिले ग १ ख ५९७१, ग १ ख ५९७२ र ग १ ख ५९७३ नम्वरका तीनवटा गाडी पोखरामा संञ्चालनमा ल्याएको हो । एउटा वसको अगाडिको सिसा एक साता अगाडि नै फोरेका पुराना व्यवसायीहरुले आज थप दुईवटा गाडीका सिसा तोडफोड गरेर फोडिदिएका छन् । सिसा फोडेपनि ति गाडीहरु सुरक्षाकर्मीका साथ पोखरा सहरमा विहानैदेखि सञ्चालन भईरहेका छन् ।
मंगलवार विहानदेखि संञ्चालनमा आएका वसलाई पोखराको छोरेपाटनमा पुराना व्यवसायी सँग सम्वन्धित व्यवसायीहरुले तोडफोड गरेको बताइएको छ । वस तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा पोखरा वस व्यवसायी समितिका कोषाध्यक्ष पवित्रमणि अधिकारी, सहसचिव देवीप्रसाद कुँईकेल रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालय वैदामको हिरासतमा राखिएको छ ।
यता पोखरामा विन्ध्यवासिनी वस संञ्चालनमा आए सँगै सोमवारदेखि पोखराका पुराना व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । छ दिने चरणवद्ध आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आज आफ्ना गाडीहरु थन्क्याएर यातायात व्यवस्था कार्यालय गण्डकी घेराउ गरेको पोखरा वस व्यवसायी समितिका अध्यक्ष रमेश गिरीले वताए ।
यता उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले सिन्डीकेट लाद्ने व्यवसायी विरुद्ध आम नागरिक एक हुनु पर्ने वताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण