बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एन्फाका पूर्व अध्यक्ष गणेश थापाले भने– खुसी शब्दमा व्यक्त गर्न सकिन्न

मङ्गलबार, ०४ फागुन २०७२, १७ : ४९
मङ्गलबार, ०४ फागुन २०७२

काठमाडौं–अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष गणेश थापाले दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण जित्ने पुरुष फुटबल टोलीका खेलाडीहरुलाई बधाई दिएका छन् ।

उनले महिला फुटबल टोलीका सदस्यहरुलाई पनि बधाई दिएका छन् । आफ्नो फेसबुक पेजमा नेपालको खेल जित्दै गरेको भिडियो समेत राखेका थापाले लेखेका छन्, ‘ हाम्रो टिमको ऐतिहासिक सफलताको बयान गर्ने शब्द मसँग छैन् । म नेपाली खेलाडी, पुरै प्रशिक्षण टिम, पदाधिकारी, समर्र्थक र सम्पूर्ण नेपाली फुटबल परिवारलाइ यस विशेष दिनमा धन्यवाद दिन चाहन्छु । बधाई टिम नेपाल ।

त्यसअघि अघिल्लो दिन उनले नेपाली महिला फुटबल टिमलाई फाइनल पुगेकोमा बधार्ई दिएका थिए । फिफाको कारबाहीमा परेपछि गणेश थापाले अहिलेसम्म मिडियासँग फुटबलका विषयमा कुराकानी गरेका छैनन् । यसअघि नेपालले बंगबन्धु आमन्त्रण गोल्डकप जित्दा पनि थापाले कुनै प्रतिक्रिया सार्वजनिक गरेका थिएनन् । थापा अध्यक्ष हुदाँ नेपालले घरेलु भूमिमै भएको बंगबन्धु गोल्डकप जत्तिकै महत्व राख्ने प्रधानमन्त्री आमन्त्रण गोल्डकप फुटबल जितेको थियो । नेपालले सागका स्वर्ण जितेपनि सिनियर टोलीले सन् १९९३ पछि कुनै उपाधि जित्न सकेको छैन् । नेपालले दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेको यो तेस्रो पटक हो । यसअघि दुईपटक नेपालले स्वर्ण जित्दा सिनियर टोलीले नै प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो ।

थापाले दिलाएका थिए नेपाललाई पहिलो स्वर्ण नेपालले १९८४ मा पहिलो दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जित्दा थापा टोलीका महत्वपूर्ण खेलाडी थिए । नेपालले फिफाबाट मान्यताप्राप्त पहिलो अन्तर्र्राष्टिय फुटबल खेल्दा पनि थापा टोलीको स्टाइकर थिए । उनी नेपालका लागि पहिलो ह्याटिक गर्ने खेलाडी समेत हुन् ।

पूर्व प्रशिक्षक ज्याकको पनि बधाई पूर्व प्रशिक्षक ज्याक स्टेफानोस्कीले नेपाली टोलीलाई दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेपछि बधाई दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप