बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गैरकानुनी रुपमा जग्गा दर्ता गराउने मालपोत कार्यालयका दुई कर्मचारीविरुद्ध मुद्दा दर्ता

मङ्गलबार, ०४ फागुन २०७२, २० : ३३
मङ्गलबार, ०४ फागुन २०७२

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको जग्गा आफ्नो नाममा दर्ता गरी गैरकानुनी क्रियाकलाप गरेको अभियोगमा जिल्ला मालपोत कार्यालय बर्दियाका दुई कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार बर्दियामा कार्यरत तत्कालीन नायब सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार ईश्वरीप्रसाद दाहालले सार्वजनिक जग्गा गैरकानुनी तरिकाले सोही जिल्ला सोरहवा गाविस वडा नं ७ बस्ने कोपीराज सापकोटाको नाममा दर्ता गरी भ्रष्टाचार गरेको पाइएको हो ।

बुढाथोकी र दाहालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसारको कसुर गरेको पाइएकाले रु १० लाख ११ हजार जरिवाना र कैद समेतको माग दाबी गरी मुद्दा दायर गरिएको हो ।

यस्तै जग्गा दर्ता गर्ने सापकोटाविरुद्ध पनि रु ११ लाख ११ हजार माग दाबी गरिएको छ । उनीहरु सबैलाई हदैसम्मको कारबाहीको मागसमेत गरिएको प्रवक्ता पुस्करको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप