प्रहरी प्रवक्तामा जोशी
मङ्गलबार, ०४ फागुन २०७२, २० : ३६
काठमाडौँ - प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीलाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तोकिएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका जोशीलाई नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगतरुपमा सञ्चार माध्यममा सम्प्रेषण गर्न प्रवक्ता तोकिएको हो ।
प्रवक्ता जोशीले सञ्चारमाध्यम र प्रहरी सङ्गठनबीचको सम्बन्ध थप सुमधुर बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि प्रवक्ता रहेका प्रहरी नायब महानिरीक्षक कमलसिंह बम पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय पोखरामा सरुवा भएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण