काँग्रेस काठमाडौँ सभापतिमा प्रधान र बानियाँको उम्मेदवारी
मङ्गलबार, ०४ फागुन २०७२, २० : ४०
काठमाडौँ - नेपाली काँग्रेस काठमाडौँको बुधबार हुने जिल्ला अधिवेशनमा वर्तमान सभापति भीमसेनदास प्रधान र सबुज बानियाँको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले आज गरेको अन्तिम नामावलीमा प्रकाशनमा सभापतिमा प्रधान र बानियाँको उम्मेदवार परेको निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले जानकारी दिए ।
सचिवमा अर्जुन पराजुली, राजकुमार नकर्मी र प्रणय सिंहको उम्मेदवारी परेको छ । यस्तै कोषाध्यक्षमा नर्मदा पोखरेल र गोविन्द पुडासैनीले उम्मेदवारी दिएका छन् ।
सचिवमध्ये पराजुली प्रधान समूह, नकर्मीले बानियाँ समूहबाट उम्मेदवारी घोषणा गर्नुभएको छ भने सिंह कुनै पनि समूहमा छैनन् । यस्तै कोषाध्यक्षमा पोखरेल प्रधान समूह र पुडासैनी बानिया समूहबाट उम्मेदवारी दिएका हुन् ।
निर्वाचन तालिकाअनुसार मतदान भोलि बिहान ९ देखि १२ बजेसम्म हुने काठमाडौँ काँग्रेसले जनाएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भनिएको जिल्ला अधिवेशन विविध कारणले गर्दा भृकुटीमण्डपमा हुने भएको छ । भोलि हुने निर्वाचनमा एक हजार २७३ क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण