बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारतीय राजदूत र प्रचण्डबीच भेटवार्ता

मङ्गलबार, ०४ फागुन २०७२, २० : ४५
मङ्गलबार, ०४ फागुन २०७२
काठमाडौं – नेपालका लागि भारतीय राजदूत रञ्जीत रे र एमाओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार साँझ भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र मधेसी सहितको राजनीतिक संयन्त्र बनाउने बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । प्रचण्डले रेलाई राजनीतिक संयन्त्र बनाउने बिषयमा दलहरुबीच छलफल भईरहेको जानकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप