राजु शाक्य : जसले तीन पटक नेपाललाई स्वर्ण दिलाए
राजूकाजी शाक्यको बुझाईमा फुटबलमा सफलता हासिल गर्न केही मन्त्र चाहिन्छ । पढेर होइन परेर नेपाली फुटबलका विषयमा धेरै बुझेका शाक्यले जीवनका थुप्रै अवरोहहरुमा पनि फुटबललाई त्याग्न सकेनन् । अब त शाक्यलाई पनि बुढ्यौलीले छुन थाल्यो । तर, उनी नेपालले दक्षिण एशियाली खेलकुदमा २३ वर्षपछि पूरुष फुटबलतर्फ स्वर्ण जित्दा उस्तै जोशमा लामो कपाल हल्लाउँदै थिए । जस्तो उनी २३ वर्षअघि नेपालले बंगलादेशमा उपाधी जित्दा थिए । फरक यत्ति छ , त्यतिबेला शाक्य टोलीको कप्तान थिए अहिले प्रशिक्षक छन् । उनैको प्रशिक्षणमा नेपालले २३ वर्षपछि दक्षिण एशियाली खेलकुदमा पूरुष फुटबलतर्फ स्वर्ण जित्यो । नेपालले दक्षिण एशियाली खेलकुदमा पूरुष फुटबलतर्फ स्वर्ण जितेको यो तेस्रोपटक हो । शाक्यमात्रै एक त्यस्ता पात्र हुन् जो नेपालले तीनै पटक स्वर्ण जित्दा महत्वपूर्ण भूमिकामा छाए । सफलताका लागि राजूकाजीका मन्त्र १ अनुशासन : म घरदेखी बाहिरसम्म अनुशासनमा बस्ने मान्छे हुँ । मलाई फुटबल खेल्दा सिनियर दाईहरुले सिकाएको यही हो अनुशासनमा बसेपछि मात्रै माथि पुगिन्छ । त्यसैले मेरो पहिलो मन्त्र यही रहन्छ । २ त्याग : म आफैँ धेरै त्यागेर फुटबलमा लागेको मान्छे हुँ । मैलेँ फुटबल खेल्नकै लागि पढाई त्यागे र परिवार त्यागे । अहिलेको पुस्ताका फुटबलरहरुलाई पनि के भन्न चाहन्छु भने सफलताका लागि त्याग चाहिन्छ । ३ मेहिनत : मेरो आफ्नै कुरा गर्नुपर्दा म धरानमा छदाँ मभन्दा धेरै राम्रो फुटबल खेल्ने दाईहरु हुनुहुन्थ्यो । म कहिल्यै धरान एघारमा छनोट भइन , सधैँ बी टिमबाट खेले । तर कहिल्यै हरेश खाइन । एकदिन जनकपुर चुरोट कारखानाले टिम बनाउँदैछ भनेपछि धरान छाडेर छनोटका लागि जनकपुर गए । जनकपुरमा दैनिक ५ रुपैयाँमा फुटबल खेल्थे । तर यो टिममा आफ्नो खेल देखाएपछि मलाई राष्टिय टिममा बोलाइयो । रुसमा हुने खेलअघि मलाई टिममा बोलाइएको थियो । तर, अन्तिम समयमा म रुस जान पाइन । त्यसपछि पनि मैले हरेश नखाई मेहिनत गरि नै रहे । फलस्वरुप १९८१ देखी १९९७ सम्म मैलेँ राष्टिय टोलीबाट निरन्तर खेल्ने मौका पाए । अहिलेको पुस्ताले हतारमा नतिजा खोज्छ । तर मेहिनत बिना केह संभव हुन्न । म अहिलेको पुस्तालाई मेहिनत गर्न सुझाव दिन्छु । ४ प्रशिक्षकको सम्मान : गूरुले भनेका का राम्रोसँग सुन्नुपर्छ अनि अहिलेको फुटबल कता जादैँछ र त्यसका लागि के गर्ने हो भन्ने विषयमा तयार रहनुपर्छ । नेपाली फुटबलका हिडेन हिरो -राजू शाक्यको कपाल जति लामो र आर्कषक छ । त्यति नै लामो र सुन्दर छ उनको अन्तर्राष्टिय फुटबलको यात्रा अनि घरेलु फुटबलको अनुभव । उनले दुईपटक दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई स्वर्ण जिताए भने एकपटक काँस्य । यसबाहेक रुपकराज शर्मादेखी हरि खड्काको पुस्तासम्मले राजू शाक्यसँगै फुटबल खेल्न भ्यायो । -राजू शाक्य फिफा र एएफसीले मान्यता दिएको पहिलो अन्तर्राष्टिय फुटबल प्रतियोगिता खेल्ने नेपाली टोलीमा सहभागि थिए । त्यसैले उनी पहिलो पुस्ताका फुटबलर हुन् । उनले सन् १९८४ मा नेपाललाई दशरथ रंगशालामै भएको पहिलो दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वण जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यतिबेलाको क्षण सम्झदैँ शाक्य भन्छन् : वर्षात्को समयमा खेल भएको थियो । तर पानीको पर्वाह नगरि समर्थकहरुलाई हामीलाई हुटिंग गर्न मैदानमा आएका थिए । त्यो हौसला र हाम्रो आत्माविश्वासले उपाधी जित्न ठूलो भूमिका खेल्यो । सन् १९९३ मा नेपालले बंगलादेशको ढाकामा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका कप्तान नै थिए । यतिबेलासम्म दक्षिण एशियाली खेलकुद प्रतियोगिता नै फुटबलतर्र्फको यस क्षेत्रको सर्वोच्च प्रतियोगिता थियो । नेपालले यस जीत हासिल गरेपछि फिफा वरियतामा समेत १ सय २४ औँ स्थानमा फड्को मारेको थियो । नेपालले सिनियर टोलीले १९८४ र १९९३ बाहेक अर्को कुनै आधिकारीक उपाधी जितेको छैन् । -राजू शाक्यबाहेक यसरी नेपालको सिनियर टोलीबाट दुईवटै उपाधी जित्ने अर्का फुटबलर उमेश पधान हुन् । उनी पनि दुबैपटक नेपालले उपाधी जित्दा टोलीमा थिए । बंगलादेशको ढाकामा भारत विरुद्ध नेपाल एक शुन्यले पछि परेको अवस्थामा प्रधानले नै फाइनलमा गोल गरेर नेपाललाई बराबरीको स्थितीमा ल्याएका थिए । अन्त्यमा दुई दुई गोलको बराबरी भएपछि टाइब्रेकरमा बाजी मार्दै नेपालले स्वर्ण जितेको थियो । -राजूले १७ वर्ष निरन्तर नेपाली टोलीबाट खेले । नेपाली टोलीबाट सन्यास लिइसकेपछि पनि उनले व्यवसाहिक फुटबललाई केही समय जारी राखे । उनी लामो थ्रो गर्नसक्ने खुबीका कारण पनि चिनिन्छन् । राजू खेलाडी छदाँ थ्रो इन किंग भनेर पनि चिनिन्थे । बंगलादेशी तथा भारतीय मिडियाले उनलाई यस्तो सम्बोधन गर्ने गर्दथे । सन्यास लिनुअघि अन्तिम वर्षतिर राजू निकै पाको भइसकेका थिए । त्यसैले वैकल्पिक खेलाडीका रुपमा कहिलेकाँही मैदान छिर्दा वा कहिलेकाँही सुरुआती एघारमा खेलेर बीचमै मैदानबाट बाहिरिदाँ उनलाई दर्शकहरुले बुढो भनेर समेत उडाउँथे । मेहिनती र राष्टप्रति बफादार -राजू शाक्यले सन्यास लिदाँसम्म नेपालमा फुटबलरहरुले खेलेर बाँच्न सक्ने अवस्था थिएन । तर उनले कहिल्यै विदेशिने सम्बन्धमा सोचनन् । उनी प्राय भन्ने गर्छन् ः ठेला गाडा चलाएर भएपनि नेपालमै बस्छु तर फुटबल छाड्दिन भनेर लागेको हुँ । -सन्यासपछिका १९ वर्ष राजू शाक्यले प्रशिक्षणमा बिताए । उनले फुटबलमा हुने राजनिितमा कहिल्यै चासो देखाएनन् । उनी सधैँ प्रशिक्षकको भूमिकामा कसरी सफल हुने भन्नेमा केन्द्रित रहे । उस्तै अभागी पनि छन् शाक्य -दक्षिण एशियाली खेलकुदमा स्वर्ण जितेपछि शाक्यले जनकपर चुरोट कारखानाको जागिर गुमाएका थिए । -सरकारबाट पटक पटक सम्मानको आश्वासन पाएपनि उनले हकलाग्दो सम्मान कहिल्यै पाएनन् । -गत वर्ष पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालले पृथ्वी अवार्ड प्रदान गर्दा राजू शाक्य निकै हर्षित देखिन्थे । उनले यस्तो अवार्डले सधैँ फुटबलमा लाग्न प्रेरणा दिने प्रतिक्रिया दिएका थिए । -तीन वर्षअघि राजू शाक्य निकै तनावमा थिए । उनले त्यसलाई लुकाउन सकेनन् ।सबैले थाहा पाउने गरि फेसबुकमै छरपस्टै लेखिदिए : मैले फुटबलका लागि धेरै त्यागे, मेरो पढाई र मेरो परिवार समेत तर मैलेँ बदलामा नेपाली फुटबल समर्थकको मायाबाहेक केही पाइँन । -१९९७ मा सन्यास घोषणा गरेपछि राजू शाक्य निरन्तर प्रशिक्षकका रुपमा सक्रिय छन् । तर उनीभन्दा धेरै पछि प्रशिक्षण करियर सुरु गर्नेहरुले लिग फुटबलको उपाधी जितिसक्दा पनि राजूले कहिल्यै आफ्नो प्रशिक्षणमा रहेको टोलीललाइ घरेलु लिग जिताउन सकेनन् । एनआरटी, मच्छिन्द्र, मनांग मस्र्यागंदी लगायतका देशका चर्चित क्लबहरुलाई प्रशिक्षण गराएर पनि घरेलु लिग जिताउन नसक्नु उनको दुग्भार्य हो । शिक्षामा जोड दिन्छन् -राजू शाक्यले फुटबलकै कारण पढाई छाडे । तर अहिले एन्फा एकेडेमीले खेलाडीहरुलाई फुटबल प्रशिक्षण सँगसँगै पढाईमा समेत उत्तिकै क्रियाशिल गराएकोमा उनी दंग छन् । भन्छन्, फुटबल विथ इन सेकेन्डमा डिसाइड गर्नुपर्ने खेल हो । लो लेभलको बल आयो । भलि हान्ने कि फ्लाईंग हान्ने विथ इन सेकेन्ड डिसाइडड गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा पढेलेखेको मान्छेको दिमाग चाडोँ चल्छ । त्यसैले अहिले स्पोर्टस्मा एजूकेशन राख्न जरुरी छ । -राजूको बुझाईमा अहिलेको फुटबल म्याराथनजस्तो भइसक्यो । त्यसैले युवा खेलाडी धेरै कुदन सक्छन् । उनी फुटबलमा नयाँ पुस्ता निकाल्नुपर्नेमा यसअघि नै जोड दिन्थे । शाक्यले लामो समयअघि ५ फिट ८ इन्चभन्दा माथिको उचाई भएका तर १७ वर्ष नटेकेका खेलाडीहरुलाई प्रशिक्षण गराउने इच्छा व्यक्त गरेका थिए । उनले एन्फाले अािर्थक रुपमा सहयोग गर्न सके त्यस्ता खेलाडीहरुलाई प्रशिक्षण गराएर राष्टिय टिमसम्म ल्याउने बताएका थिए । -नेपालका दुई स्टार खेलाडी रोहित चन्द र सुजल श्रेष्ठ एन्फाको यू १२ छनोटमा आउँदा खासै उत्कृष्ट नरहेको राजू शाक्य बताउँछन् । तर ति खेलाडीहरुको उचाई राम्रो भएका कारण उनीहरुलाई मौका दिइएको थियो । अन्नत दुबै खेलाडी स्तरीय बनेर निस्किए । त्यस्तै, रवीन श्रेष्ठ पहिला एन्फामा छानिदाँ स्टाइकरका रुपमा छानिएका थिए । उनले स्टाइकरका रुपमा विकास गर्न नसक्ने देखिएपछि राजू शाक्यले नै रवीनलाई डिफेन्समा खेल्न उर्जा दिए । रवीन आज नेपालका भरपर्दा डिफेन्डर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण