रिसाएर पत्रकार सम्मेलन छाडेर हिँडे रोनाल्डो
रोम – पत्रकारको प्रश्नले चिढिएका रियल म्याड्रिडका स्टार क्रिस्टियानो पत्रकार सम्मेलनबीचमै छाडेर हिँडेका छन् । रोमाविरुद्धको च्याम्पियन्स लिगको अन्तिम १६ को खेलअघि मंगलबार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनबाट रोनाल्डो रिसाएर हिँडेका हुन् । पत्रकारले रोनाल्डोलाई उनको घरेलु मैदानबाहिरको फर्मको बारेमा प्रश्न गरेका थिए । जसबाट रोनाल्डो रिसाएका थिए । ३१ वर्षीय रोनाल्डोले यस सिजन ३२ गोल गरे पनि गत नोभेम्बर २९ देखि घरेलु मैदान स्यान्टियागो बर्नेबाउबाहिर गोल गरेका छैनन् । ‘म स्पेनमा आएपछि कसले घरेलु मैदानभन्दा बाहिर धेरै गोल गरेको छ,’ च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता रोनाल्डोले प्रश्न गरे । ‘एउटा खेलाडीको नाम दिनुहोस् जसले मैलेभन्दा धेरै गोल गरेको छ । उत्तर छैन ? धन्यवाद,’ रोनाल्डो क्रुद्ध बनेर भने । गत डिसेम्बरमा उनी च्याम्पियन्स लिगको लिग चरणमा सबैभन्दा बढी १० गोल गर्ने पहिलो खेलाडीसमेत बनेका थिए । यस सिजन उनले गरेका ११ गोल घरेलु मैदानबाहिर रहेका छन् तर उनले पछिल्ला चार घरेलु मैदानबाहिरका खेलमा गोल गर्न सकेका छैनन् । ‘मानिसमा शंका हुनु स्वभाविक हो,’ उनले भने, ‘यो छोरासँग हुने व्यवहार जस्तै हो । तपाई जब उसलाई सबै कुरा दिनुहुन्छ र पछि खोस्नुहुन्छ, ऊ रुन्छ । मलाई आशा छ म यो ‘खराब फर्म’ सिजनको अन्त्यसम्म जारी राख्ने छु ।’ त्यस्तै, पत्रकारहरुले लियोनेल मेस्सी, नेयमार र लुइस सुवारेजको घनिष्ट मित्रताजस्तै रोनाल्डो, गेराथ बेल र करिम बेन्जेमाबीच नभएको प्रश्न गरेपछि उनी झन् बिच्किएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण