बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चेल्सीविरुद्ध पीएसजीको अग्रता

बुधबार, ०५ फागुन २०७२, ०९ : ५०
बुधबार, ०५ फागुन २०७२

पेरिस – अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका एडिसन कभानीले गोल गरेपछि च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेनले चेल्सीलाई पराजित गरेको छ । आफ्नो घरेलु मैदानमा भएको खेलमा पीएसजी २–१ गोल अन्तरले विजयी बनेको हो । खेलमा पीएसजीले ज्लाटान इब्राहिमोविचको गोलको मद्दतले अग्रता लिएको थियो । तर, जोन ओबी मिकेलले पीएसजीको खराब डिफेन्सको फाइदा उठाउँदै चेल्सीलाई बराबरीमा ल्याए । तर, खेलको ७८ औं मिनेटमा डि मारियाको पासमा कभानीले गोल गर्दै पीएसजीलाई पहिलो लेगमा अग्रता दिलाए । अर्को खेलमा बेन्फिकाले अन्तिम मिनेटमा गोल गर्दै जेनिट सेन्ट पिटर्सबर्गलाई निरास बनायो । १० खेलाडीमा सिमित बनेको जेनिटविरुद्ध जोनास ओलिभियराले गोल गर्दै पहिलो लेगमा आफ्नो टोलीलाई १–० को अग्रता दिलाए । जोनासको यो सिजन २५ औं गोल हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप