चर्चित गायिका जोस स्टोन नेपालमा
बुधबार, ०५ फागुन २०७२, १० : १४
काठमाडौं – बेलायती गायिका तथा गीतकार जोस स्टोन नेपाल आएकी छिन् । बिहिबार हुने च्यारिटी कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । राजधानीको हायात रिजेन्सीमा बिहिबार उक्त कार्यक्रमको आयोजना हुँदैछ । च्यारिटीका लागि गरिएको उक्त कार्यक्रममा लगभग ५ सय दर्शकहरुमात्र हुनेछन् । यो कन्सर्ट स्टोनको ‘टोटल वल्र्ड टुर’ को हिस्सा हो । भारतको मुम्बाईमा आयोजित महिन्द्रा ब्लुज फेस्टिभलमा भाग लिएर उनी काठमाडौं आएकी हुन् । काठमाडौंपछि उनको ढाकामा कार्यक्रम रहेको छ । ग्रामी विजेता स्टोन सन् २००३ मा रिलिज गरेको डेब्यु एल्बम ‘द सोल सेसन’ पछि चर्चामा आएकी हुन् । उनको चर्चित गीतहरुमा ‘यु ह्याड मी, फेल इन लभ विथ अ ब्वाई’ लगायत रहेका छन् ।
तस्विर : सञ्जय श्रेष्ठ (१९७४ एडी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण