यस्तो छ नमुना बाख्रागाउँ अभियान
चार/पाँच वर्षअघिको कुरा हो । कतार एयरवेजमा कार्यरत स्वीडेनकी विमान परिचारिकाले युट्युबमार्फत नेपालमा ड्युटी नपरे हुन्थ्यो भनेर प्रार्थना गरेको देखेँ । वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेका नेपालीका शव सधैंजसो देखेपछि विमान परिचारिकाले त्यस्तो प्रार्थना गरेकी रहिछन् । विमान परिचालिकाको याचना युट्युबमा हेरेपछि आफूले जानेको सीप सिकाएर वैदेशिक रोजगारीमा जान चाहनेलाई स्वदेशमै उद्यमशील बनाउने सोच बनाएँ । लगत्तै अनावश्यक खर्च कटाएर बाख्रागाउँ अभियान थालें । स्याङ्जाको वालिङ नगरपालिका–१० पेखुठानालाई बाख्रापालनका लागि छानें । बोयर क्रस बोका ल्याएर अभियान थालें । यसको माग देशभरिबाट हुन थाल्यो । वालिङ–१० पेखुठानाका युवाको कामलाई क्यामेराबाट खिचेको भिडियो आफैंले युट्युबमा अपलोड गरें । युट्युब हेर्नेले सो कार्यको सराहाना गरे । हौसला बढ्दै गयो । बाख्रापालनबारे जिज्ञासा राख्नेको कमी थिएन । कृषिविज्ञ सम्पर्क बढाएँ । नेपालका करिब ५२ जिल्लाका युवाले गरेको बाख्रापालन सम्बन्धितको घरमै पुगेर हेर्ने, बुझ्ने मौका पाएँ । त्यसपछि जनसम्पर्क बढ्दै गयो । नेपालमा १४०० मिटरभन्दा कम उचाइ भएका भू–भागमा बोयर जातको बाख्रासँग, खरी जमुनापारी, वारबेरी जातको बाख्रा क्रस गराएर नश्ल सुधार गर्न सकिन्छ । १४०० मिटरभन्दा माथि उचाइ भएका भू–भागमा दूधका लागि पालिने सानन बाख्रा र खरी जातसँग क्रस गराएर दूध उत्पादन गर्दै बाख्राको दूधबाट गोट, चीज बनाएर देश–विदेश पुर्याउन सकिन्छ भन्ने सोचसाथ अभियानलाई निरन्तरता दिँदै आएको छु । हिजो सरकारले समेत बोयर, सानन जातका बाख्रा विदेशबाट ल्याएर उत्पादन थालेको छ । केही वर्षमै मुलुकका लागि मागअनुसारको खसी, बाख्राको मासु र चीज पूर्ति गर्न सक्ने अवस्था आउन त्यति धेरै लाग्दैन ।
एक तथ्यांकअनुसार मुलुकभरि ९२ लाख बाख्रा रहेका छन् । तर पनि भारत र चीनबाट वैधानिक रूपमा सालिन्दा १६ अर्ब रुपैयाँको मासु आयात गर्नुको विकल्प छैन । त्यसमध्येको ५/६ अर्बको मासु खसी, बोकाको हुन्छ । यो अभियान स्याङ्जाका सबै गाविस र नगरपालिकामा सञ्चालन गरिनेछ । अभियानअन्तर्गत ६० युवाका लागि नमुना बाख्रागाउँ सञ्चालन गरिनेछ । कृषि, पशु र पर्यटन विकास गरिनेछ । पर्यटनका लागि जिल्लाका सबै नगरपालिका र गाविसका नमुना बाख्रागाउँलाई आन्तरिक पर्यटन, पशुपालन, तरकारी खेती सिकाइने (कृषि पाठसाला) का रूपमा विकास गरिनेछ । जिल्लाभरिका प्रत्येक गाउँमा बाख्रापालन, अर्गानिक तरकारी खेती गरी बचेका समय घरेलु शिल्पकला सामग्री बनाई त्यसबाट समेत थप आम्दानी गर्ने आधार तय गर्न नमुना बाख्रागाउँ अभियानले भूमिका खेल्नेछ । अभियान कार्यान्वयनमा आएपछि जिल्लाभरि करिब नौ सयजना पूर्ण रूपमा व्यवसायिक बन्नेछन् । तिनका आश्रित परिवार संख्या चार हजार पाँच सयले समेत रोजगारी पाउनेछन् । प्रतिघरपरिवार मासिक १४ हजारका दरले जिल्लाभरिका गाउँबाट १५ करोड १२ लाख रुपैयाँ संकलन हुनेछ । अभियानबाट नौ हजार माउ बाख्रा एक हजार दुई रोपनीमा अर्गानिक तरकारी खेती र तीन सयजना लघुघरेलु उद्योगमा सहभागी भई आयआर्जनमा लाग्नेछन् । यही अभियानबाट एक हजार दुई सय ६५ बाख्रापालक किसानलाई निःशुल्क तालिम दिइएको छ । स्याङ्जाका युवालाई मात्रै अभियानमा समेट्ने लक्ष्य रहे पनि ३२ जिल्लाका युवा आफ्नै खर्चमा तालिममा सहभागी भई आफ्नो व्यवसाय सुधार्न लागिपरेका छन् । अभियान साकार पार्न विदेशीदाता तथा व्यक्तिविशेषको सहयोग छैन । विशुद्ध व्यक्तिगत पहलमा अभियान सञ्चालन गरिएको हो भने तालिम पनि त्यसरी नै सञ्चालन गरिएका हुन् । अभियानलाई सफल बनाउन चाहने मनकारीले प्रशिक्षक, स्टेसनरी, घाँसका बीउविजनमात्र सहयोग गर्न सक्ने जानकारी गराउँछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण