बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरुवा बन्दुकसहित दुई पक्राउ

बुधबार, ०५ फागुन २०७२, ११ : २६
बुधबार, ०५ फागुन २०७२

लहान,  । सिरहा प्रहरीले गए राति गोलबजार नगरपालिकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका–३ स्थित जङ्गबहादुर भुजेलको खेतबारीबाट भरुवा बन्दुक र सोही हतियारमा प्रयोग गरिने बारुद एक केजीसहित पक्राउ गरेको हो ।

प्रहरीले भरुवा बन्दुक र बारुद सहित गोलबजार नगरपालिका–३ निवासी २२ वर्षीय राजकुमार भुजेल र सोही स्थानका २६ वर्षीय मोती सदालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप