त्रिशुलीमा जलयात्रा गर्दा एक बेपत्ता, खोजी जारी
बुधबार, ०५ फागुन २०७२, ११ : ३०
चितवन - त्रिशूली नदीमा मङ्गलबार साँझ जलयात्रा जाँदा पल्टिएर बेपत्ता भएका एक जनाको खोजी आज बिहानैदेखि सुरु गरिएको छ ।
कविलास गाविस–१ स्थित त्रिशूली नदीमा रूखको हाँगामा ठोकिएर दुर्घटना भएको हो । बेपत्ता हुनेमा भरतपुर उपमहानगरपालिका–१६ निवासी २४ वर्षीय विवेक बानियाँ भएको प्रहरीले जनाएको छ ।
गाईघाटबाट देवघाटतर्फ आउँदै गरेको डुङ्गामा १२ जनामध्ये अन्य ११ जना भने पौडिएर निस्केको सीमा सुरक्षा बल आँपटारीका प्रहरी उपरीक्षक विदुर खड्काले बताए । मङ्गलबार बेलुका ५ बजेको घटना भए पनि ७ बजेतिर मात्रै प्रहरीलाई खबर आएको थियो । खोजीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोरको समूह बिहानदेखि सक्रिय रहेको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए । सो स्थलमा पानीको बहाव तीव्र भएकाले खोजी कठिन भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण