बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहकारीबाट ऋण लिएर फलामे खोरमा थुनिएकाको उद्धार

बुधबार, ०५ फागुन २०७२, ११ : ३९
बुधबार, ०५ फागुन २०७२
दोलखा - जुँगु गाविस–४ का एक युवक फलामे खोरमा भन्ने समाचार प्रकाशन भएसँगै उनको उद्धार भएको छ । उनलाई कोसिस राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन नेपाल खुमलहाइट ललितपुरले उपचारका लागि जिम्मा लिएको छ । मानसिक सन्तुलन गुमाएका ४० वर्षीय श्यामबहादुर भुजेल १५ महिनादेखि फलामे खोरभित्र बाँचिरहेका थिए । उनले दिसापिसाब खोरमा नै गर्ने गरेका गरेका र उनको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर भएकै कारण उपचार गर्न र परिवारले मासिक रु एक हजार २०० तिर्न नसक्दा उनलाई फलामे खोर बनाएर खोरमा थुनेर राखेको थियो । उपचारमा सहयोग पु¥याएको भन्दै कोसिस र राससलाई उनको परिवारले धन्यवाद व्यक्त गरेको छ । आफ्ना दाइ खोरभित्र थुनेर राख्न बाध्ये बनेको र अहिले मिडियामा आएपछि धेरै व्यक्ति, सङ्घसंस्थाले उपचारमा चासो देखाएकोप्रति भाइ छत्रबहादुरले खुसी व्यक्त गरेका छन् । यस्तो थियो समाचार

फलामे खोरमा छोरा थुन्न सहकारीबाट ऋण

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप